२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस–युक्रेनमा तत्काल युद्धविरामको सम्भावना छैन–ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गरेका छन् । रूस र युक्रेनबीच युद्धविराममा कुनै सहमति भएन । ट्रम्पले अहिले यति चाँडै युद्धविराम सम्भव नभएको बताए ।

यद्यपि, बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टीको बारेमा छलफल भएको थियो । ट्रम्पले भने कि अमेरिका र युरोपेली देशहरूले यसमा मिलेर काम गर्नेछन् । यसैबीच, रुसी राष्ट्रपतिको कार्यालय (क्रेमलिन)ले ट्रम्पले बैठक रोकेर पुटिनसँग ४० मिनेट फोनमा कुरा गरेको बताएको छ ।

यस समयमा पुटिनले रूस र युक्रेनका प्रतिनिधिहरू बीचको प्रत्यक्ष वार्तालाई समर्थन गरे । जर्मन चान्सलर फ्रेडरिक मेर्ट्जले ट्रम्पसँगको फोन वार्ताका क्रममा पुटिनले १५ दिन भित्र जेलेन्स्कीलाई भेट्न सहमति जनाएको बताए ।

बैठकपछि जेलेन्स्कीले पत्रकार सम्मेलन गर्दै सुरक्षा ग्यारेन्टीको बदलामा युक्रेनले युरोपेली पैसा प्रयोग गरेर ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने बताए ।