२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अवधिभर शेयर कारोबार बन्द



अ+ अ-

काठमाडौं । बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।  

नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ । सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो । मंगलबार र बुधबार कारोबार भयो । 

कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो । सरकारले फेरी बिहीबार (आज) देखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो । दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो । दई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।