५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा नेपाली सेनालाई सहयोग प्रदान



अ+ अ-

काठमाडौँ । भारतीय सरकारले नेपाली सेनालाई केही थान सवारीसधान, घोडा र विपद्पछिको घटनाको अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोगस्वरुप उपलब्ध गराएको छ ।

नेपालको दुईदिने भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा ती सहयोग हस्तान्तरण गर्नुभएको हो । भारतबाट ६ थान सवारीसाधन, पाँचवटा घोडा तथा विस्फोटन तथा विपद्का घटनापछि खोजी र अनुसन्धानमा नतिजामुखी परिणाम दिलाउन सहयोग पुर्‍याउने गुणस्तरका दुई कुकर प्राप्त भएको छ ।

यसअघि प्रधानसेनापति अशोकराज सिग्देल र विदेशसचिव मिस्रीबीच सैनिक मुख्यालय जङ्गीअड्डामा शिष्टाचार भेटवार्ता भएको थियो । भेटका अवसरमा दुई देशबीचको सहयोग, सम्बन्ध र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच राजनीतिक तहमा मात्र नभई सैनिक र जनस्तरमा समेत ज्यादै न्यानो तथा प्रगाढ सम्बन्ध रहिआएको छ । नेपाल र भारतबीच एक–अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । नेपाल र भारतबीच लामो समयदेखि वार्षिक रुपमा ठूलो सङ्ख्यामा एक–अर्का देशमा सैनिक तालिम र प्रशिक्षणका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

एकै किसिमको भाषा, धर्म र संस्कृति तथा पुरानो मित्रवत् र खुला सीमाका कारण नेपाल–भारतबीच एक–अर्का देशमा सहज आवतजावतले मित्रतालाई जनस्तरमा समेत घनिष्ट तुल्याएको छ । हस्तान्तरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाली सेनाका उच्च अधिकृत सहभागि हुनुहुन्थ्यो ।




भर्खरै