२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको एकल फोटो प्रदर्शनी हुँदै



अ+ अ-

काठमाडौं। १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) फोटो प्रदर्शनी गरेर मनाउने भएको छ ।

यस वर्ष सस्थाका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको FLIGHT & FRAME नामक एकल फोटो प्रदर्शनी गर्ने भएको हो । भदौ ३ गते अगष्ट १९का दिन काठमाडौंको हनुमानढोका परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुने प्रदर्शनीमा वन्तका विभिन्न हवाईजहाजबाट खिचेका नेपालका विभिन्न जिल्लाका फोटाहरू प्रदर्शन गरिनेछन् ।

कार्यक्रममा फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्नेछ भन्ने विश्वास लिएका छौं ।