१४ असार २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट विश्वमा तीन लाख बढीको मृत्यु, ४५ लाख संक्रमित, हेर्नुहोस् कहाँ कतिको मृत्यु भयो



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको प्रकोपका कारण मृत्यु हुनेको संख्या विश्वमा ३ लाख नाघेको छ । शुक्रबार बिहानको पछिल्लो तथ्यांकअनुसार विश्वभरमा ३ लाख ३ हजार ३ सय बढी मानिसको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

यस्तै, विश्वमा संक्रमितको संख्या ४५ लाख २५ हजारभन्दा बढी पुगेको छ । गत अप्रिल महिनाको सुरुवातमा अर्थात २ अप्रिलसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दश लाख पुगेको थियो । त्यसको दुई हप्तापछि विश्वमा संक्रमितको संख्या २० लाख पुगेको थियो । यस्तै, अर्को दुई सातामा थप दश लाख संक्रमित बढेर २८ अप्रिलमा विश्वमा संक्रमितको संख्या ३० लाख पुगेको थियो ।

यसपछि १३ मेमा कोरोना संक्रमणको कुल संख्या ४० लाख पुगेको थियो । विश्वमा १७ लाख मानिस निको भएका छन् ।

विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पाँच देशको अवस्था यस्तो रहेको छ ।

१. अमेरिका – मृत्यु संख्या ८६,९१२ र संक्रमित संख्या १४,५७,५९३
२. बेलायत – मृत्यु संख्या ३३,६१४ र संक्रमित संख्या २,३३,१५१
३. इटाली – मृत्यु संख्या ३१,३६८ र संक्रमित संख्या २,२३,०९६
४. फ्रान्स – मृत्यु संख्या २७,४२५ र संक्रमित संख्या १,७८,८७०
५. स्पेन – मृत्यु संख्या २७,३२१ र संक्रमित संख्या २,७२,६४६