२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रै भूमि हो, छुटेको भूमि समेटेर नेपालको नक्सा जारि हुन्छ : राष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताउनुभएको छ ।  

आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताउनुभयो । सो समेत गरी छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ । तदअनुरुप छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ ।’’

राष्ट्रपति भण्डारीले आफ्नो अन्तर्राष्ट्रिय सीमाको रक्षा, सुरक्षा र संरक्षण गर्न सक्षम रहेको समेत बताउनुभएको छ । अन्तर्राष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिँर्दै ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाण्का आधारमा कुटनीति माध्यमबाट भारतसँग सीमा विवाद टुंगो लगाइने पनि उहाँले बताउनुभो ।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि समेटेपछि यसको विरोध हुँदै आएको छ । पछिल्लो समय भारतले नेपाली भूमि हुँदै मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि सरकारले यो विषय नीति तथा कार्यक्रममै समावेश गरेको हो ।