२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ६७ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएको हो । कोरोना पुष्टी भएका विरगन्ज निवासी ९ र १० बर्षिय बालक, २३, ४७ बर्षिय महिलामा संक्रमण देखिएको हो । 

यस्तै उदयपुर त्रियुगामा २५ बर्षिय पुरुष, दाङको गढुवा ४,५ र तुलसिपुर निवासी २३, ३४, ३६ बषिय पुरुष र काठमाडौं सन्तुङगल निवासी ७ बर्षिय बालकमा कोरोना संकमण देखिएको मन्त्रालयले जनाएको छ ।