२ श्रावण २०८३, शनिबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा



अ+ अ-

काठमाडौं। चलचित्र ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने चलचित्रको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो ।

फिरोज तिमलसेनाले निर्देशन गर्ने चलचित्र लभस्टोरी जनरामा रहनेछ । नामले लभस्टोरी संकेत गरे पनि निर्माणपक्षले भने यसबारे केही जानकारी दिएको छैन ।

तर, टाइटल अनाउन्स्मेन्ट पोस्टरमा रहेको कालो बादल र एकलासमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ ।

टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा चलचित्रले भन्ने अनुमान लगाउन सकिन्छ । चलचित्रको कथा जीवन आचार्यको रहने चलचित्रमा प्रकाश नेपालीको संगीत रहनेछ ।

फिरोज टेलिभिजन होस्ट हुँदै निर्देशनमा प्रवेश गरेका सर्जक हुन् । उनले नेपाल आइडल सिजन–१ को रियालिटी प्रोडुसर तथा एपिसोड डिरेक्टरको काम गरेका थिए । भ्वाइस अफ नेपालको फाउन्डर, क्रिएटिभ हेड तथा चिफ एडीलगायत अनुभव संगालेका उनी अभिनेता पनि हुन् । ‘दर्पण छाया–२’मा उनले अभिनय गरेका थिए । फिरोज गायक पनि हुन् ।

इन्जिनियरिङलाई पेसा बनाएर उनी पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले अब चलचित्र निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

‘कहाँ गयौ तिमी…’मा कोको कलाकार रहनेछन्, त्यो भने निर्माणपक्षले खुलाएको छैन । निर्माता पनि को रहने जानकारी दिइएको छैन । चलचित्रको छायांकन, प्रदर्शन र अन्य टिमबारे चाँडै जानकारी दिने निर्देशक फिरोजले बताए ।

यो चलचित्रको घोषणा गर्दै उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “शब्द र भावना भनेको घरमा काम लाग्छ भनेर जतन गरी राखेको सियो जस्तो रहेछ, चाहिने बेला कहिले फेला पर्दैन । आज सिनेमा निर्देशनमार्फत नयाँ यात्राको सुरुवात गर्दा खुशी र जिम्मेवारी दुवै महसुस भएको छ । सम्पूर्ण टिमप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा फिल्मबारे थप जानकारी दिने प्रतिज्ञा गर्दछु ।”