१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने यस्ता लक्षण



अ+ अ-

काठमाडौं । अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस संक्रमित बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हिस्सा गायब भएको पाइएको छ ।

भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स महामारी फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स महामारी समाप्त हुन थालेको थियो ।

एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ । अहिले भने कोरोनाभाइरस संक्रमणका केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् । ३ लाखभन्दा धेरैको मृत्यु भइसकेको छ । अमेरिकामा लगभग १५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । लगभग ९० हजारको मृ’त्यु’ भइसकेको छ ।

डेलीमेलको रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमा जुन परिवर्तन देखेका छन् यसबाट मानवमा भाइरस संक्रमण कमजोर हुँदै गएको संकेत प्राप्त हुन्छ । यद्यपि यसको लागि अन्य स्थानको नमूनामा पनि यस्तै किसिमको परिवर्तन देखिनु आवश्यक हुन्छ । सार्स महामारीको क्रममा २००३ मा जब भाइरसको यस्तै किसिमको म्युटेशन बढ्न थालेको थियो त्यसपछि महामारी समाप्त हुन थालेको थियो ।