२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु



अ+ अ-

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि सतर्कता अपनाइएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको मृत्यु भएको हो । 

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी  ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।