२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २७९ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा शाखामा कार्यरत एक प्रहरी जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार ती जनावलाई अस्पतालमा लैजाने तयारी भइरहेको  जनाएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या २७९ पुगेको छ ।