१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर नमानौं, भौतिक र मानसिक रुपमा तयार बनौं



अ+ अ-

मैले पहिलेदेखि भन्दै आएको छु । नेपालमा असार र साउनमा कोरोना संक्रमण धेरै बढ्नेछ । यो अबधिमा हजारौं जनालाई संक्रमण हुनेछ । ती मध्ये ८५ प्रतिशतलाई सामान्य लक्षण देखिएर आफै निको हुनेछ । बाँकी १५ प्रतिशत मध्ये आधालाई अस्पतालको सामान्य उपचारले निको हुनेछ । बांखी ७.८ प्रतिशतलाई आइसीयु र भेन्टिलेटर आबश्यक पर्नेछ । त्यसको आधाभन्दा कम अर्थात ३ प्रतिशतको मृत्यु हुनसक्छ ।

मृत्यु हुनेमा जोखिम बर्ग जस्तै जेष्ठ नागरिक, दीर्घ मुटु/ फोक्सो/मृगौलाका बिरामी, क्यान्सरका तेस्रो तथा चौंथो स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, गर्भवती तथा सुत्केरी र इम्युनिटी सप्रेस भएका बिरामी हुनेछन् ।

अहिलेसम्म नेपालमा सक्रिय उमेरका व्यक्तिमा संक्रमण धेरै देखिएको छ । संक्रमण कम भएकोले भाइरसको लोड थोरै छ । तर संक्रमण बढ्दै जाँदा जोखिम बर्गका संक्रमितलाई आइसीयु र भेन्टिलेटर आबश्यक हुनेछ । करिब २– ३.५ प्रतिशतको मृत्यु हुन सक्नेछ ।

सिमाना १०० प्रतिशत शिल गर्ने, संक्रमित क्षेत्र शिल गर्ने, आवतजावत बन्द गर्ने, सुरक्षाका सम्पूर्ण उपाय अबल्मबन गर्ने, डर / त्रास नमान्ने एबम आफ्नो इम्युनिटी पावर बढाउने गर्दा यो रोगसँग लड्न सकिन्छ ।

यसको लागि हामी मानसिक तथा भौतिक रुपमा तयार हुनुपर्दछ । भ्रम र हल्लाको भरमा त्रस्त हुनु हुँदैन । आधिकारिक सूचना लिने र विज्ञका सल्लाह अनुशरण गर्नु उपयुक्त हुन्छ ।

एउटा कुरा हामीले आत्मसात गर्नुपर्छ कि कोरोना संक्रमण समुदायमा हल्का रुपमा फैलिएको छ । त्यसैले फाट्टफुट्ट रुपमा धेरै जिल्लामा देखिएको छ । नेपालमा सक्रिय उमेरका व्यक्ति तथा बालबालिकामा संक्रमण देखिएको हुँदा घर बाहिर नजाने, अत्यावश्यक काम परे मास्क, चस्मा तथा पंजा लगाएर जाने, सामाजिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने गर्नु आबश्यक छ ।

जीवन रह्यो भने कमाउन सकिन्छ । जीवन नै नरहे कमाएको के अर्थ रह्यो र ? त्यसैले घरमै बसौं, सुरक्षित बनौं ।

-डा. रवीन्द्र पाण्डे