२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘होस्टेल ३’ अब भारतका ५० भन्दा बढी हलमा प्रदर्शन हुने



अ+ अ-

काठमाडौं। नेपालमा लगातार ५१ दिनसम्म प्रदर्शन भएको नेपाली चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँदैछ।

सशान कँडेलको निर्देशनमा बनेको यो चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो।

भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन्। नेपालमा असाधारण रूपमा सफल भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रका हलमा यसको उच्च माग रहेको बताइन्छ।

यस चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ। क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर तयार गरिएको यस चलचित्रले युवापुस्तामाझ विशेष चर्चा पाएको छ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा हुन्। निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल र कुन्दन गुप्ता रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।