२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख सापकोटाबाट सतर्कता र संयमता अपनाउन आग्रह , निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौं । सभामुख अग्नी सापकोटाले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ कि २९ बर्षीया महिलाको कोरोना संक्रमणबाट निधनको खबरले दुःखीत तुल्याएको भन्दै  मृतकप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । 

सभामुख सापकोटाले  परिवारजनमा समवेदनाब्यक्त गर्दे  सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ आवश्यक सुरक्षा र परीक्षणको व्यबस्था मिलाइँदै  रहेको जानकारी  गराउनु भएको छ । उहाँले सतर्कता अपनाउन र संयमित  बन्न पनि अनुरोध गर्नुभएको छ । सभामुख सापकोटाको गृह जिल्ला पनि सिन्धुपाल्चोक हो ।