२२ मंसिर २०८२, सोमबार
,
Latest
न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद केसीको टिप्पणीः असुरक्षित हवाई सेवा लिन नेपाल आउनु



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस सांसद राजन केसीले असुरक्षित हवाई सेवा लिन नेपाल आउनुपर्ने भन्दै टिप्पणी गर्नुभएको छ ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले संसारमा हवाई सेवा यातायात सेवामा सबैभन्दा बढी सुरक्षित हुने भएपनि नेपालमा भने असुरक्षित रहेको बताउनु भयो । उहाँले यसका कारणहरु पत्ता लगाइ समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अधिकार खोज्ने तर कर्तव्य पूरा नगर्ने परिपाटी नेपालमा रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले

उहाँले भन्नुभयो, ‘संसारमा हवाई सेवा सबैभन्दा बढी सुरक्षित यातायात सेवाका रुपमा लिइन्छ । नेपालमा यसको ठ्याक्कै उल्टो भयो । असुरक्षित हवाई सेवा लिनुप¥यो भने नेपाल आउनु जस्तो भयो । यसको के के कारण हुनसक्छ ? त्यो पत्ता लगाउनुपर्छ । यो विधेयकले हवाई सुरक्षामा अत्यन्त राम्रो हुन्छ भन्ने विश्वास छ ।’

नागरिक उड्डयनसम्बन्धी विधेयकमा समितिले उपसमिति बनाएर हरेक बुँदामा छलफल गर्न जरुरी रहेको बताउनु भयो ।