२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेकाे क्वारेन्टाइनमा एक युवककाे मृत्यु



अ+ अ-

बाँकेः बाँकेकाे राप्तीपारी नरैनापुरकाे क्वारेन्टाइनमा बसेका एक २४ वर्षीय युवककाे गएराति मृत्यु भएकाे छ । भारतमा ज्यालामजदुरी गर्ने ती युवक गत बैशाख ३० गते आफ्नाे गाउँ बाँकेकाे नरैनापुर वडा नं. ३ फर्किएका थिए ।

स्थानीयबासीका अनुसार नेपाल प्रवेश गरेलगत्तै उनलाइ स्थानीय दीपेन्द्र प्राथमिक विद्यालयकाे क्वारेन्टाइनमा राखिएकाे थियाे । खासै केही लक्षण नदेखिए पनि गएराति उनले एक्कासी वान्ता गरेका थिए । स्थानीयकाे भनाइमा उनीमा कुनै काेराेनासँग सम्बन्धित लक्षणहरू जस्तै रूघाखाेकी, ज्वराे थिएन ।

शनिबार मात्र भेरी अस्पतालकाे चिकित्सा टाेलीले त्यस क्वारेन्टाइनमा रहेका मानिसकाे स्वाब संकलन गरेकाे मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिनुभयाे । उहाँले ती व्यक्तिकाे नमुना परीक्षण भइरहेकाले अहिल्यै केही बताउन नसक्ने बताउनुभयाे ।

बाँकेकाे नेपालगंजमा केही दिनअघि पनि काेराेना संक्रमण फैलिएर तनाबकाे अवस्था सिर्जना भएकाे थियाे, तर अहिले त्याे नियन्त्रणमा देखिए पनि भारतबाट नेपाल प्रवेश गर्नेहरूकाे लामाे लस्करले अर्काे चुनाैती थपेकाे छ ।

स्थानीय प्रशासनका अनुसार भारतबाट नेपालका विभिन्न गन्तव्यतर्फ जान जमुनाहमा झण्डै ८०० मानिस पर्खाइमा रहेका छन् । भारतीय सीमा सुरक्षा बलले पनि भारतमा भेटिएका मजदूर र क्वारेन्टाइनमा रहेका नेपालीलाइ नेपाली सीमामा ल्याएर छाड्ने गरेकाे छ । यसअघि दुबै देशबीच मजदूरहरूलाइ आआफ्ना मुलुकका क्वारेन्टाइनमा राखिने भनिए पनि भारतले त्यसकाे उल्लंघन गरेकाे छ ।