५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार उमेश राउतको कृष्ण भजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

सो भजनमा निरज सापकोटाको शब्द र पुरुषोत्तम सुवेदीले सङ्गीत संयोजन गर्नुभएको हो । ‘वंशी बजाइदेऊ कृष्ण वंशी बजाइदेऊ, परमधाम जाने हाम्लाई बाटो देखाइदेऊ’ भन्ने बोलले सुरु हुने यो भजनले मानव जीवनको कर्म, धर्म र भक्तिको महत्त्वलाई उजागर गरेको छ ।

कृष्णप्रतिको अखण्ड प्रेम, जीवनको सच्चा उद्देश्य, लोभ र मोह त्यागको सन्देश बोकेको भजनमा दीनदु:खीको सेवा, संसारको मोहबाट मुक्ति र श्रीकृष्णको भक्तिमा लीन हुने भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको पत्रकार राउतले जानकारी दिनुभयो ।

विशेषगरी, ‘मखन चोर्ने, घैला फोर्ने’ कृष्णको बाललीला र द्रौपदीको लाज बचाउने श्रीकृष्णका लीलाहरू समेटेर भजन तयार गरिएको छ । यही साउन ३१ गते पर्ने श्रीकृष्ण जन्माष्टमीको सन्दर्भ पारेर उक्त भजन सार्वजनिक गरिएको हो । रासस