२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिको व्यावसायीकरण गर्न सांसद माेहन आचार्यकाे जोड



अ+ अ-

काठमाडाैंः संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यले कृषिको व्यावसायीकरणमा जोड दिनु पर्ने बताउनु भएकाे छ।

कृषिको व्यावसायीकरण र राेजगारी अभिबृघ्दिका लागि कृषिमा आधारित उद्याेगहरूको स्थापनामा जोड दिन माग गर्दै सांसद आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालिन र दिर्घकालीन असरलाई मघ्यनजर गरि सोही बमोजिम नीतिगत सम्बोधन गर्न सरकारलाई आग्रह गर्नु भयो।

नेपालको तुलनात्मक लाभ भएकाे क्षेत्र जलविद्युत क्षेत्रमा लगानी आकर्षित गर्न देशीय र अन्तरदेशीय प्रशारणलाईन विस्तारलाई अगाडी बढाउन माग गर्दै सांसद आचार्यले कोरोनाबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गर्न माग गर्नु भयो।

तुलनात्मकरुपमा नेपाली बैकहरुको व्याजदर मंहगो रहेको भन्दै सांसद आचार्यले उत्पादन मुलुक उद्याेगले लिने ऋणको व्याजदर र अन्य क्षेत्रको ऋणको व्याजदरमा फरक हुनु पर्ने बताउनु भयो।

अहिलेको अवस्थामा राहत प्याकेजले सबैलाई सम्बोधन गर्न सक्नु पर्ने माग गर्दै सांसद आचार्यले विदेशमा अलपत्र परेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरागरेर स्वदेश पर्काउने व्यबस्था गर्न सरकार संग माग गर्नु भयो।

राज्यले छनौट गर्ने योजनाहरु उतित हुनु पर्ने बताउनु भयो।