२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईदु–उल–फित्रका दिन घरमै नमाज पढ्न मुस्लिम आयोगको आग्रह



अ+ अ-

काठमाडाैंः राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ ।

मुस्लिम आयोगको आइबार बसेको बैठक पछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गर्नुभएकाे हाे ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिद र मदरासामा गई सामुहिक नमाज पढ्ने गरिन्छ । यस वर्षको ईद–उल–फित्र आगामी आइतबार मनाइँदैछ ।

यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन आयोगले आग्रह गरेको हो । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बिहरुले घरमै बसेर नमाज पढेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बिहरुलाई ईदका दिन सामुहिक नभई घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताउनु भयो । उहाँले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गर्नुभयो ।

इस्लाम धर्ममा रमजानको एक महिना लामो ब्रत तोडने दिन ईद–उल–फित्र मनाउने गरिन्छ । यस दिन सामुहिक नमाज पढेर विशेष रुपमा मनाइने गरिन्छ । ईदलाई आपसी सदभावको चाडको रुपमा पनि हेरिने गरिएको छ ।

रमजान महिनामा कुरानको अवतरण पृथ्वीमा भएको भन्ने विश्वास इस्लाम धर्मावलम्बीहरुले गर्दछन् ।