२९ भाद्र २०८३, सोमबार
,
Latest
संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी ब्रिक्सको ढोकामा नेपालः “भारतले बोलाउनुपर्ने कारण नेपालले निर्माण गर्न सकेन” तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा कटुवा पेस्तोलसहित दुईजना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

धनुषा । धनुषामा हतियारसहित दुई जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहीदनगर नगरपालिकाबाट दुईलाई हतियारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–८ हरिनेका १८ वर्षीय अक्षय पासवान र २० वर्षीय सुनिलकुमार साह रहेको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयराज सापकोटाले विशेष सूचनाका आधारमा शहीदनगर नगरपालिका–३ झण्डा चोकबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले ज १२ प ५१६५ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा हतियार फेला परेको बताए।

प्रहरी नायब उपरीक्षक सापकोटाले पक्राउ पर्नेको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली तीन थान बरामद भएको जानकारी दिए। पक्राउ परेका दुवै जनालाई हतियार र मोटरसाइकलसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।