२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण निगेटिभ



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ। अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको हो । उनीहरु सबै अस्पतालको आइसोलेसनमा छन्।

उनका अनुसार नवजात शिशुमा भने जन्डिसको समस्या छ। 'नवजात शिशुमा देखिने जन्डिसको समस्या यी शिशुमा पनि देखिएको हो,' डा ताम्राकारले भने, 'अरु सबै अवस्था सामान्य छ।' कोभिड–१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको महिला हुन् । शनिबार उनको शवलाई पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगी दाहसंस्कार गरिएको हो। 

मन्त्रालयका अनुसार अस्पताल ल्याउने क्रममा उनको निधन भएको हो।

अस्पतालमा उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि अस्पतालले उनको स्वाबको थप परीक्षणका लागि टेकु पठाइएको थियो। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि उनमा कोरोना पोजेटिभ देखिएपछि मन्त्रालयले कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्ति भएको आधिकारिक जानकारी गराएको थियो।