२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति ट्रम्पले भने- अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे



अ+ अ-

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा कमी आएको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले भनेका छन्– अमेरिकामा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भएपनि आशा जागेको छ । 

उनले शनिबार ट्वीट गर्दै यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ भनेका छन् । 

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ । 

(एजेन्सी)