२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोपोन्मुख तामे सालक मृतावस्थामा



अ+ अ-

गोरखा । गोरखाको पालुङटार नगरपालिका–१० को मिरकोटमा मृतावस्थामा सालक भेटिएको छ । स्थानीय देउराली सामुदायिक वनमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक मृतावस्थामा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

स्थानीयवासीले मृत सालकको खपटा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई जानकारी गराएपछि सालक मृतावस्थामा भेटिएको बारे वन कार्यालयमा जानकारी आएको उनले बताए । “मृतावस्थामा फेला परेको तामे सालक विश्व संरक्षणको लोपोन्मुख जनावरको सूचीमा पर्छ”, उहाँले भन्नुभयो, “घटनास्थलमा उपलब्ध भएको करिब १५० ग्राम खपटा सङ्कलन गरी वन कार्यालयमा प्रतिवेदन आएको छ ।”

सालक कालगतिले मरेको उनले बताए ।  “फेला परेको सालक पूरै सडेको र खपटामात्र बाँकी रहेको अवस्था थियो”, उनले भने । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने पौड्यालको भनाइ छ ।
–––