काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य देशको भन्दा भारतबाट आएको भाइरस कडा भएको टिप्पणी गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले चीन, दुबईभन्दा भारतबाट कडा भाइरस आएको बताउनु भएको हो ।
सरकारको नीति तथा कार्यक्रमले कोरोना भाइरसको नियन्त्रण र रोकथाम र त्यसपछिको अवस्थालाई सरकारले महत्व नदिएको भन्दै संसदमा कुरा उठेको भन्दै सरकारले यी सबै विषयमा सरकारको राम्रोसंग आँकलन गरेको बताउनु भयो ।
कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन सबैभन्दा राम्रो उपाय भएको भन्दै प्रधानमन्त्री ओलीले लकडाउन प्रभावकारी हुँदासम्म अवस्था सहज भएको तर केही नागरिक, जनप्रतिनिधि र सीमा आइपुगेका नागरिकको दवावका कारण केही खुकुलो बनाउँदा बढी फैलिएको बताउनुभयो ।
प्रधानमन्त्री ओली यतिबेला संसदमा आफ्नो भनाइ राख्दै हुनुहुन्छ ।