२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट सबैलाई ह्वारह्वार्ती ल्याएर कसरी थेग्ने ? प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ का कारण विदेशमा रहेका नेपालीहरुलाई उद्दार गर्ने नाममा सबैलाई ह्वारह्वार्ती ल्याएर कसरी थेग्न सकिन्छ भनेका छन् । उनले प्रश्न गरे विदेशमा रहेका नेपालीलाई ल्याउने त हो, हामीले ल्याउनु पनि पर्छ तर पनि यहाँ भनिएजस्तै सबैलाइ अहिल्यै ह्वारह्वार्ती ल्याएर कसरी सक्छ देशले ? यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने ४ लाख ल्याउनु एउटै होइन ।’ प्रधानमन्त्री ओलीले आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुख लगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको बताए । साथै समस्यामा परेका नेपाली नागरिकहरुलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको पनि उनले जानकारी गराए ।

यस विषयमा सरकार गम्भीर छ तर सबैलाई ल्याउने कामको विकल्प अहिलेका लागि खोज्नुपर्ने बेला भएको छ उनले भने ।