२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीमाटीका दुई प्रहरीमा कोरोना पुष्टि, प्रहरी वृत्त सिल गरियो



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी नायव निरीक्षक (सइ) र एक जना जवानलाई संक्रमण देखिएपछि कालिमाटी वृत्त सिल गरिएको छ ।  उनीहरुलाई मंगलबार राति नै वलम्बुस्थित एपिएफ अस्‍पताल लगेर आइसोलेशनमा राखिएको स्रोतले जनाएको छ ।

वृत्त सिल गरिएको कारण अब वृत्तभित्र रहेकाहरु भित्रै रहेर काम गर्नेछन् भने बाहिर रहेकाहरु बाहिरै रहनेछन् । त्यहाँका सबै प्रहरीको  थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षण समेत गरिने छ ।

सो वृत्तमा डीएसपीको कमाण्डमा एकसय ३२ जना कार्यरत छन् । ती सबैको एउटै भान्सा छ । धेरैजना सोही वृतमा सुत्छन् पनि ।