३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

मिस एण्ड मिसेस युनिभर्सल सिजन ४ का लागि आवेदन खुला

मिस एण्ड मिसेस युनिभर्सल सिजन ४ का लागि आवेदन खुला
अ+ अ-

काठमाडौं। स्पार्कल इन्टर्टेनमेन्टको आयोजनामा हुने “मिस एण्ड मिसेस युनिभर्सल सिजन ४”को आवेदन खुला गरिएको छ। सिजन ४ को पहिलो अडिसन शनिबार सम्पन्न भएको छ भने दोस्रो अडिसन साउन ३१ गते हुने तय भएको छ।

पहिलो अडिसनमा टिकटकर तथा सामाजिक अभियान्ता अन्सु बर्मा, मिसेस युनिभर्सल सिजन २ र ३ का विजेता निर्णायकका रूपमा उपस्थित थिए। प्रतियोगिताका अफिसियल कोरियोग्राफर अन्जल कुँवर रहेका छन् भने कार्यक्रम कोअर्डिनेटर अस्मिता राई (अमृता) हुन्।

आयोजकका अनुसार ग्राण्ड फिनाले असोज ३ गते नेपाल प्रहरी क्लबको हल, प्रदर्शनी मार्गमा भव्य रूपमा आयोजना हुनेछ। प्रतियोगिताले प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने सुनौलो अवसर उपलब्ध गराउने विश्वास लिइएको छ।

कार्यक्रममा बोल्दै स्पार्कल इन्टरटेनमेन्टका अध्यक्ष नितु श्रेष्ठले प्रतियोगिताले सहभागी महिलाहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिभा विकासमा ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

उनले निष्पक्ष मूल्याङ्कन, पेशेवर प्रशिक्षण र अवसरहरूको माध्यमबाट प्रतिभावान महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने उद्देश्य रहेको बताइन्।