१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

समुद्री आँधी ‘अम्फान’ ले लियो भारत र बंगलादेशमा ८४ जनाको ज्यान

समुद्री आँधी ‘अम्फान’ ले लियो भारत र बंगलादेशमा ८४ जनाको ज्यान
अ अ+ अ-

नयाँदिल्ली । बंगालको खाडीबाट विकसित शक्तिशाली समुद्री आँधी ‘अम्फान’ का कारण भारत र बंगलादेशमा कम्तीमा ८४ जनाको ज्यान गएको छ । दुवै देशमा ठूलो धनमालको क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीका कारण भारतको पश्चिम बंगाल र उडिसा राज्य निकै प्रभावित भएका छन् । अम्फान उडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा बुधबार अपराह्न प्रवेश गरेको थियो । त्यसको असरस्वरूप प्रतिघण्टा १ सय ८५ किलोमिटरभन्दा बढीको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा ठूलो परिमाणमा जीउधनको क्षति पुर्‍याएको हो । अम्फानका कारण पश्चिम बंगालमा मात्र ७० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ भने छिमेकी उडिसामा २ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार बंगलादेशमा कम्तीमा १२ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारीले पूरै भारतलाई आतंकित पारिरहेका बेला अम्फानले थप अर्को संकट निम्त्याएको छ ।

समुद्री आँधीका कारण सबैभन्दी बढी क्षति पश्चिम बंगालका कोलकाता, पूर्व मिडनापुर र हाउडा जिल्लामा भएको बताइएको छ । त्यसका क्षेत्रका दर्जनौं घरहरु भत्किएका छन् । बुधबार साँझदेखि नै कोलकाता र आसपासका क्षेत्रमा बिजुली र फोन अवरुद्ध भएको थियो । कोलकाता सहरमा मात्र १२ जनाको ज्यान गएको छ । अधिकांशको आँधीका कारण ढलेका ठूला रूखहरुले किचेर मृत्यु भएको बताइएको छ । आँधीसँगै भएको घनघोर वर्षाका कारण नदीको सतह बढ्दा त्यस भेगका धेरै ठाउँ जलमग्न भएका छन् । कोलकाता विमानस्थल जलमग्न भएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मृत्यु भएकाहरुको परिवारका लागि राहतस्वरूप प्रतिव्यक्ति २ लाख भारु सहयोगको घोषणा गरेकी छन् । मुख्यमन्त्री बनर्जीले पछिल्लो विपद्ले कोभिडरू१९ महामारीसँगै थप अर्को संकट निम्त्याएको बताएकी छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आँधी प्रभावित क्षेत्रको अवलोकन गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले बिहीबार ट्वीट गर्दै पछिल्लो विपद्सँग जुध्न उडिसा र पश्चिम बंगाल सरकारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन् ।

भारतको जल तथा मौसम पूर्वानुमान विभागका अनुसार बिहीबार अपराह्नदेखि समुद्री आँधी बंगलादेशको धु्रवी र रंगपुरतर्फ सोझिएको र यसको प्रभावस्वरूप भारतका पूर्वोत्तर राज्यहरु असम, मेघालय र अरुणाचलमा भारी वर्षा हुनेछ । समुद्री आँधी बंगालदेशका घना बस्तीतर्फ सोझिएकाले ठूलो मात्रामा क्षति हुन सक्ने अनुमान गरिएको छ । बंगलादेशी सञ्चारमाध्यमहरुका अनुसार अम्फानका कारण तटीय क्षेत्रका सयौं गाउँका जलमग्न भएका छन् र दर्जनभन्दा बढी बाँधहरु भत्किएका छन् । अम्फानका कारण उडिसा, पश्चिम बंगाल र बंगलादेशका केही तटीय क्षेत्रमा घनघोर वर्षा हुने पूर्वानुमानसमेत विभागले यसअघि नै गरेको थियो । विभागको चेतावनीपछि उडिसा र पश्चिम बंगालका तटीय क्षेत्रका २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । विस्थापित हुने मानिसलाई राख्नका लागि पश्चिम बंगाल र उडिसाका सरकारी कार्यालय, स्कुल र कलेजहरुलाई खाली गराइएको छ । ओडिसा र पश्चिम बंगालका प्रवासी कामदारहरुलाई आ–आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि सुरु गरिएको विशेष श्रमिक रेल सेवा बिहीबारसम्मका लागि बन्द गरिएको छ । त्यसैगरी बिहीबार बिहानसम्मका लागि कोलकाता विमानस्थल पनि बन्द गरिएको थियो ।

सामान्यतः वर्षाका बेला यस किसिमका सामुद्रिक आँधी आउने गर्छ । अम्फानलाई पछिल्लो दुई दशककै सबैभन्दा खतरनाक चक्रवात अर्थात् सुपर साइक्लोन दाबी गरिएको छ । सन् १९९९ मा आएको यस्तै भीषण चक्रवातले उडिसामा १० हजारभन्दा बढीको ज्यान लिएको थियो भने २ लाखभन्दा बढी गाईवस्तु मारिएका थिए । उक्त चक्रवातबाट ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए । सन् २००८ मा बंगालको खाडीबाट उठेको सामुद्रिक आँधी ‘नरगिस’ ले म्यान्मारमा मात्र १ लाखभन्दा बढीको ज्यान गएको थियो । गतवर्ष उडिसामा आएको सामुद्रिक आँधी ‘फणी’ ले ९० भन्दा बढीको ज्यान गएको थियो । आँधीका कारण राज्यका डेढ करोडभन्दा बढी मानिस नराम्ररी प्रभावित भएका थिए । कान्तिपुर दैनिक