२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.बाट खेलाडी र प्रशिक्षकहरुको जीवन र स्वाथ्य बीमाः खेलकुलमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुलमन्त्री तेजुलाल चौधरीले सरकाले यस वर्षदेखि खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वाथ्य बीमा लागू गर्ने बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभामा सांसहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरी चालु आर्थिक वर्ष २०८२/०८३ बाट उक्त बीमा योजना लागू गर्ने जानकारी दिनुभएको हो ।

उहाँले खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलार्ई आजीवन मासिक भत्ताको व्यवस्थाकोे शुरुवात गरिएको पनि जानकारी दिनुभयो । खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागी खेलाडी दुर्घटना बीमा लागू गरिएको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुको सन्ततिलाई अध्ययनको छात्रवृृत्ति वितरण गर्ने योजना रहेको पनि बताउनु भयो । साथैै सरकारले अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई फरक—फरक किसिमको पुुरस्कार दिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलार्ई आजीवन मासिक भत्ताको व्यवस्थाकोे शुरुवात भइसकेको छ । खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागी खेलाडी दुर्घटना बीमा लागू भएको छ । चालु आ.व.बाट खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वाथ्यबीमा लागू गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुको सन्ततीलाई अध्ययनको छात्रवृृत्ति वितरण गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई सरकारले फरक फरक किसिमको पुुरस्कार दिन्छौँ ।’ 

उहाँले मन्त्रालयमा बजेट अभावको कारण सबै स्थानीय तहमा खेलमैदान निर्माण गर्न नसकिएको बताउनु भयो । उहाँकाअनुसार यसअघि मन्त्रालयमा बहुुबर्षिय योजना नै थिएन । यो वर्षबाट बहुवर्षे योजना परेकोले आगामी दिनमा रंगशाला निर्माणले गति लिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘मन्त्रालयमा हालसम्म बहुुवर्षिय योजना थिएन । अहिले बाट मात्रै बहुवर्षे योजना परेको छ । सोही कारण रंगशालाहरु निर्माण नहुने, अधुरो हुुने गरेका थिए । खेल पूर्वाधारको निर्माणको लागी बजेट विनियोजन गरिएको छ ।’

उहाँले स्थानिय तहमा खेलमैदान निर्माण गर्नको लागी यस वर्ष एक सय स्थानीय तहलाई डिपिआर बनाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।