२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु आ.व.बाट खेलाडी र प्रशिक्षकहरुको जीवन र स्वाथ्य बीमाः खेलकुलमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुलमन्त्री तेजुलाल चौधरीले सरकाले यस वर्षदेखि खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वाथ्य बीमा लागू गर्ने बताउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभामा सांसहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरी चालु आर्थिक वर्ष २०८२/०८३ बाट उक्त बीमा योजना लागू गर्ने जानकारी दिनुभएको हो ।

उहाँले खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलार्ई आजीवन मासिक भत्ताको व्यवस्थाकोे शुरुवात गरिएको पनि जानकारी दिनुभयो । खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागी खेलाडी दुर्घटना बीमा लागू गरिएको उहाँको भनाई छ । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुको सन्ततिलाई अध्ययनको छात्रवृृत्ति वितरण गर्ने योजना रहेको पनि बताउनु भयो । साथैै सरकारले अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई फरक—फरक किसिमको पुुरस्कार दिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘खेलाडीहरुको दुर्घटना बीमा र अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलार्ई आजीवन मासिक भत्ताको व्यवस्थाकोे शुरुवात भइसकेको छ । खेलकुदको दौरानमा दुर्घटनामा पर्ने खेलाडीको उपचारका लागी खेलाडी दुर्घटना बीमा लागू भएको छ । चालु आ.व.बाट खेलाडी र प्रशिक्षकहरुको जीवन बीमा र स्वाथ्यबीमा लागू गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुको सन्ततीलाई अध्ययनको छात्रवृृत्ति वितरण गर्ने योजना रहेको छ । अन्तर्राष्ट्रिय पुरस्कार पाउने खेलाडीलाई सरकारले फरक फरक किसिमको पुुरस्कार दिन्छौँ ।’ 

उहाँले मन्त्रालयमा बजेट अभावको कारण सबै स्थानीय तहमा खेलमैदान निर्माण गर्न नसकिएको बताउनु भयो । उहाँकाअनुसार यसअघि मन्त्रालयमा बहुुबर्षिय योजना नै थिएन । यो वर्षबाट बहुवर्षे योजना परेकोले आगामी दिनमा रंगशाला निर्माणले गति लिने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो ‘मन्त्रालयमा हालसम्म बहुुवर्षिय योजना थिएन । अहिले बाट मात्रै बहुवर्षे योजना परेको छ । सोही कारण रंगशालाहरु निर्माण नहुने, अधुरो हुुने गरेका थिए । खेल पूर्वाधारको निर्माणको लागी बजेट विनियोजन गरिएको छ ।’

उहाँले स्थानिय तहमा खेलमैदान निर्माण गर्नको लागी यस वर्ष एक सय स्थानीय तहलाई डिपिआर बनाउन पत्राचार गरिएको जानकारी दिनुभयो ।




भर्खरै