२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गुरुङको प्रश्नः पोखरा रंगशालामा फ्लड लार्ईट र स्वीमिङ पुल किन छैन



अ+ अ-

काठमाडौँ ।नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लार्ईट र स्वीमिङ पुल जस्ता आधारभुत पुर्वाधार नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । रंगशालामा फ्लड नहुँदा साँझपख हुने खेल गतिविधिहरु हुन नसकेको उहाँको भनार्ई छ । यस्तै स्वीमिङ पुल नहुँदा पौडी खेल जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा हुन सकेका छैनन् । उहाँले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना निर्माण गर्न सरकारसँग माग गर्र्नुभयो । पोखरालाई खेल पर्यटन राजधानीको रुपमा विकास गर्र्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभाहरु पलायन हुनुपरेको उहाँको भनाई छ ।

उहाँले भन्नुुभयो, ‘पोखरा रंगशालामा आजसम्म फ्लड लार्ईट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नहुनु गम्भिर विषय हो । यसले साँझपख हुने खेल गतिविधिहरु हुन सकेको छैनन् भने पौडी खेल जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा हुन सम्भव नै छैन । पोखरालाई खेल पर्यटन राजधानीको रुपमा विकास गर्र्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानिय मौलिक प्रतिभाहरु पलायन हुनुपरेको छ । खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्छ । पराम्परागत ज्ञान, सीप, मौलिक, सांस्कृतिक र तमाम प्रतिभाहरुको संरक्षण रोजगार सिर्जना, व्यवसाय प्रर्वद्धन र समग्र स्थानिय विकासमा महत्वपूर्र्ण योगदान दिन्छ । त्यसैले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना यथाशिघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’ 

खेलकुद पुर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्ने उहाँको भनार्ई छ ।