२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद गुरुङको प्रश्नः पोखरा रंगशालामा फ्लड लार्ईट र स्वीमिङ पुल किन छैन



अ+ अ-

काठमाडौँ ।नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लार्ईट र स्वीमिङ पुल जस्ता आधारभुत पुर्वाधार नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । रंगशालामा फ्लड नहुँदा साँझपख हुने खेल गतिविधिहरु हुन नसकेको उहाँको भनार्ई छ । यस्तै स्वीमिङ पुल नहुँदा पौडी खेल जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा हुन सकेका छैनन् । उहाँले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना निर्माण गर्न सरकारसँग माग गर्र्नुभयो । पोखरालाई खेल पर्यटन राजधानीको रुपमा विकास गर्र्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानीय मौलिक प्रतिभाहरु पलायन हुनुपरेको उहाँको भनाई छ ।

उहाँले भन्नुुभयो, ‘पोखरा रंगशालामा आजसम्म फ्लड लार्ईट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नहुनु गम्भिर विषय हो । यसले साँझपख हुने खेल गतिविधिहरु हुन सकेको छैनन् भने पौडी खेल जस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा हुन सम्भव नै छैन । पोखरालाई खेल पर्यटन राजधानीको रुपमा विकास गर्र्न खेलकुद पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधारको अभावमा स्थानिय मौलिक प्रतिभाहरु पलायन हुनुपरेको छ । खेलकुद पूर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्छ । पराम्परागत ज्ञान, सीप, मौलिक, सांस्कृतिक र तमाम प्रतिभाहरुको संरक्षण रोजगार सिर्जना, व्यवसाय प्रर्वद्धन र समग्र स्थानिय विकासमा महत्वपूर्र्ण योगदान दिन्छ । त्यसैले ढिला नगरी पोखरा रंगशालामा फ्लड लार्ईट, स्वीमिङ पुल र तालिम केन्द्र लगायतका संरचना यथाशिघ्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गर्दछु ।’ 

खेलकुद पुर्वाधारको विकासले मात्रै खेल क्षेत्रको सुधार गर्ने उहाँको भनार्ई छ ।