२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते



अ+ अ-

उदयपुर। यहाँको उदयपुरगढी गाउँपालिका–०७ जोगिटोलस्थित मदन भण्डारी लोकमार्गमा ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

आज अपराह्न ४ः२० बजे काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०५६१ नम्बरको ट्रकले पैदल हिँडिरहेका रौतामाई गाउँपालिका–०७ निवासी ७२ वर्षीय टङ्कबहादुर लामिछाने मगरलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट मगरको घटनास्थलमै मृत्यु भएको हो । अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकका सहचालक दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–४ निवासी ४० वर्षीय गोमे दर्जीको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

ट्रक चालक काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–१४ निवासी ५४ वर्षीय नवराज राउत प्रहरीको नियन्त्रणमा रहेका छन् । मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस