१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को नतिजा सार्वजनिक



अ+ अ-

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार, कुल ६१.१७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्दै परीक्षा उत्तीर्ण गरेका छन् भने बाँकी ३८.८३ प्रतिशतले कुनै ग्रेड प्राप्त गर्न सकेनन्।

गत वैशाख २१ गतेदेखि सञ्चालन भएको परीक्षामा पाँच लाख १० हजार ९८७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये तीन लाख ९६ हजार ३४७ जना नियमित र एक लाख १४ हजार ६४० जना आंशिक परीक्षार्थी थिए।

बोर्डले दिएको जानकारीअनुसार, नियमिततर्फ दुई लाख ४२ हजार ४६५ र आंशिकतर्फ ४१ हजार ८४० जनाले ग्रेड प्राप्त गरेका छन्। सबैभन्दा बढी विद्यार्थीले बी प्लस ग्रेड (जीपीए २.८१–३.२०) प्राप्त गरेका छन्।

ग्रेड अनुसार परीक्षार्थीको विवरण यसप्रकार छः

ए प्लस (३.६५–४.००) — १३,५०२ जना
ए (३.२१–३.६५) — ५५,८९६ जना
बी प्लस (२.८१–३.२०) — ९४,२६८ जना
बी (२.४१–२.८०) — ६९,८१२ जना
सी प्लस (२.०१–२.४०) — ८,९६४ जना
सी (१.६१–२.००) — २३ जना

यसपटक १७ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। साथै, पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन गरिने बोर्डले जनाएको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, यसपटकको नतिजा गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार भएको हो। उनका अनुसार पढाइको स्तर, परीक्षाको तयारी र प्रणाली सुधारसँगै परिणाम पनि सन्तोषजनक देखिएको छ। शर्मा भन्छन्, “कक्षा १२ को नतिजा एसईईजस्तै सुधारोन्मुख र उत्साहजनक छ।”