३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

दूधको आन्तरिक उपभोग नबढाए व्यवसाय नै धरापमा पर्ने सम्भावना छ

दूधको आन्तरिक उपभोग नबढाए व्यवसाय नै धरापमा पर्ने सम्भावना छ
अ+ अ-

प्रल्हाद दाहाल, महासचिव, नेपाल डेरी एसोसिएसन

कोरोनाको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले जारी गरेको लकडाउनको ६३ औं दिन सम्म आइपुग्दा अरु सेवा व्यवसाय सँगसँगै दुध र दुधजन्य व्यवसायमा पनि प्रभाव पारेको छ । किसानले उत्पादन गरेको दुध संकलन केन्द्र सम्म आउन सकेको छैन भने संकलन केन्द्रबाट डेरीहरुसम्म आउन सकेको छैन् । बन्दाबन्दीको अवस्थाले उपभोक्ताले समेत दुध खरिद गर्न पाइरहेका छैनन् । यस्तो अवस्थामा उत्पादक किसान, वितरक र दधजन्य पदार्थका ठूला उत्पादक र विक्रेताहरु समेत मारमा परेका छन् । यस सन्दर्भमा नेपाल डेरी एसोसिएसन लगायत सम्बद्ध संस्थाहरुले आफ्ना मागहरु नेपाल सरकार समक्ष राखिरहेका छन् । बन्दाबन्दीको अवस्था यसरी अझै लम्बिने हो भने दुग्ध क्षेत्रमा लागेका किसान तथा व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउन सक्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालका संवाददाताले नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालसँग कुराकानी गर्नुभएको छ ।

लकडाउन सुरु हुन भन्दा दुग्ध व्यवसाय अर्थात् डेरी क्षेत्रको अवस्था कस्तो थियो ? लकडाउन सुरु भएपछि यसमा कस्तो असर परेको छ ?

लकडाउन भन्दा अगाडिको दुग्ध व्यवसायको कुरा गर्दा देशभर दुध उत्पादन ६२ लाख लिटर हुन्थ्यो । त्यसको ५० प्रतिशत अर्थात ३१ लाख लिटर दुध किसान आफैले उपभोग गर्नुहुन्छ भने ३१ लाख लिटर बजारमा आउथ्यो । ३१ लाख लिटर मध्ये पनि १७ प्रतिशत औपचारिक क्षेत्रमा लेभलिङ भएर आउँछ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुला रुपमा होटल तथा चिया पसल लगायतमा विक्री हुने गर्छ । अहिलको अवस्थामा मान्छेहरु सहरबाट गाउँमा जानुभयो, त्यसपछि होटल, रेस्टुरेन्ट पार्टी प्यालेस, स्कुल सबै बन्द भयो । त्यस्तै पसलहरु खोल्ने समय पनि बिहान र बेलुका मात्र भयो । धेरै ठाउँमा बिहान मात्रै खुलेका छन् । त्यसकारण हामीले अहिले जम्मा २० प्रतिशत मात्र विक्री गर्न सकेका छौं । अहिले चैतको सिजन सुरु हुने वाला थियो । छ महिना सम्म सिजन सुरु हुने र त्यो भन्दा अगाडि जुन अफ सिजन थियो त्यतिबेला हामीले पाउडर बनाएर राख्थ्यौं । यो बेलामा दुध पुग्दैन हामीलाई । कम्तिमा पनि १० देखि १५ प्रतिशत दुध अपुग हुन्थ्यो । हामीले पाउडर दुधबाट पुरा गर्ने गरेका थियौं ।  यो पटक जुन पाउडर दुध उपभोग गर्नुपथ्र्यो तर सिजन सुरु हुने बेलामा यो लकडाउन सुरु भयो । हाम्रो भएको बजार पनि ८० प्रतिशतले घट्यो र हामीले जुन पाउडर स्टक राखेका थियौं त्यो पनि हामीसँग डम्प भयो ।

देश भरको अवस्था हेर्दा निजी डेरीहरुसँग मात्र ५ अर्ब रुपैयाँको डम्प भएको सामग्री छ । डेरी क्षेत्रमा जम्मा ३० अर्ब लगानी हो निजी क्षेत्रको । ५ अर्बको त हामीसँग अहिले पनि सामान छ । आज लकडाउनको ६२ औं दिन सम्म आउँदा करिब साढे ३ अर्बको दुध आउन नसकेर नोक्सान भएको छ । भनेपछि हामी करिब ९ अर्ब जतिको नोक्सानमा छौं । ३० अर्ब लगानी छ ९ अर्ब नोक्सान भयो भनेपछि अब हामीसँग जुन चालु पूँजी हुन्थ्यो किसानलाई हामीले दिने, त्यो चालुपूँजी सबै स्टक भयो ।

हामीसँग चालू पूँजी नभएको कारणले किसानलाई भुक्तानी गर्न सकेका छैनौं । भोलीको दिनमा बन्द सकिएपछि पनि जहाँसम्म लाग्छ झन भयाभह अवस्थामा आउने छ । किनभने आज बन्द छ हामीसँग कसैले पैसा माग्ने कुरा पनि छैन्,। हामीले कसैलाई दिन पनि सकिरहेका छैनौं । लकडाउन खुलेको दिन त हामीले त्यो पैसा दिनुपर्ने हुन्छ । तर अब हामी कहाँबाट दिने यो ठूलो समस्या हो ।  त्यसको लागि हामीले राज्यसँग के भनिरहेका छौं भने संसार नै त्रसित भइराखेको बेलामा नेपाल त झन सानो गरिब देश सबै कुरा हेरिदिन सक्छ भन्ने पनि होइन् ।

लकडाउन खुलिसकेपछि सञ्चालन खर्च नै नहुने भयो भन्नुभयो । यसबाट उद्योग सञ्चालनमा कस्तो असर पर्ने देख्नुभएको छ ? अनि किसानलाई कस्तो असर पर्ला ?  

किसानहरु जसले व्यवसायीक रुपमा फार्म चलाउनुभएको छ उहाँहरु धेरै मारमा हुनुहुन्छ । उहाँहरु डबल मारमा हुनुहुन्छ । उहाँहरुले नियमित दुध विक्री गर्न पाउनुभएको छैन भने आफुसँगै पशुलाई समेत बचाउनु पर्ने दायित्व छ । दैनिक आम्दानी घटिरहेको छ भने खर्च बढीरहेको छ । त्यस्ता किसानहरुको लागि पनि राज्यले राहतको प्याकेज ल्याउनु प¥यो । उद्योगीहरुलाई पनि हाम्रो भनाई के हो भने जुन डेरीसँग स्टक भएको सामान छ त्यो डेरीहरुलाई सहुलियत दरको ब्याजमा अथवा सकिन्छ भने निशुल्क ब्याजदरमा स्टकमा रहेको सामान बराबरको रकम ऋण दिने व्यवस्था गरिदियो भने किसानको भुक्तानी गर्न सकिन्छ । एउटा समाधान त्यो पनि हुनसक्छ ।

अर्को समस्या के आउन सक्छ भने लकडाउन धेरै समय भयो भने किसानहरुले पशुपालन व्यवसाय छोडनुहुने छ । किनभने दैनिक रुपमा पशुपालन गरिरहदा नियमित आम्दानी घटेको छ । पशुहरु पालेर मात्रै राख्दा काम गर्न सक्नुहुन्न  । उहाँहरुको लगानी भन्दा ऋण बढी भएको हुनाले त्यो पेशाबाट पलायन भएर अर्को पेशा रोज्नुहुने छ । त्यतिबेला हामीले दुध पाउँदैनौं । त्यो नपाउनु भनेको देशको अर्थतन्त्र जुन ५ करोड रुपैयाँ दैनिक सहरबाट गाउँमा जान्थ्यो त्यो कुरामा कमि हुन जान्छ ।

अहिले पाँच लाख कृषक परिवार प्रत्यक्ष रोजगारीमा हुनुहुन्छ । अब विदेशबाट आउने र यहाँबाट थप हुने बेरोजगारलाई पनि यस क्षेत्रमा लगाउन सक्छौं भन्ने कुरा विशेषग्यहरुले भन्दै आएका छन भने कृषि मन्त्रालय र नीति तथा कार्यक्रममा पनि आएको छ । हामीले यो पेशाको संरक्षण गरेनौ भने बेरोजगारलाई कृषि क्षेत्रमा लगाउन पनि सक्दैनौं ।

अर्कोतर्फ किसानको भुक्तानी नहुँदा वहाँहरु झन बढी मारमा हुनुहुन्छ । किसानहरुको एकमात्र आम्दानीको स्रोत भनेको दुध मात्र हो । अरु भनेको छ महिना अथवा वर्ष दिनको मात्र हुन्छ । दैनिक रुपमा आम्दानी हुने कुरा रोकिदा समस्या हुने एउटा भयो । अर्को कुरा हामीले राज्यसँग भनिरहेका छौं र नीति तथा कार्यक्रममा केही कुराहरु आएको देखिन्छ । तर गत सालमा जे जे कुराहरु छन त्यसमा ब्रिफिङ गरेर त आएको छैन् । समग्रमा हेर्दाखेरी त्यो भन्दा फरक कुराहरु हामी देख्दैनौं ।

हामी कृषि क्षेत्रमा आशा बढी गर्ने र अनि कुल बजेटको २ प्रतिशत छुट्याउने गछौं यसले के हुन्छ ? त्यस मध्येपनि कृषि भनेको दुध मात्रै होइन् । दुधलाई तोकेर नै डेरी क्षेत्रलाई आइदियो भने सजिलो होला । मलाई के लाग्छ भने यो सेक्टरको हित गर्ने हो भने डेरीको लागि छुट्टै नीति ल्याएर राहत दिनुपर्छ । नीति तथा कार्यक्रममा पनि स्पिेसिफाइड भएर आउनुप¥यो तर अहिले त्यस्तो छैन् ।

सरकारले दूध किसान लक्षित गरेर अनुदान पनि दिन्छ हैन र ?

म त भन्छु अनुदान दिनै पर्दैन । सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने हो भने काम गर्ने मान्छेहरुले त्यसरी फाइदा हुन्छ । अहिले कस्तो भएको छ भने ५० प्रतिशत ८० प्रतिशत अनुदान भनेको छ बाँकी काम नै नगरेपनि त्यो आम्दानी त भयो । काम नगर्ने मान्छेहरुले बरु अनुदानको लाभ लिएको पाइएको छ । नीति तथा कार्यक्रममा के आउनुप¥यो भने अनुदान भन्दा पनि पाँच वर्षको लागि हो कि अथवा १० वर्षको लागि दिने हो अथवा कति समयलाई दिन सकिन्छ ऋण उपलब्ध गराउनुप¥यो । जस्तै किसानहरुलाई पनि भैंसि किन्नलाई पचास प्रतिशत अनुदान दिएर पचास प्रतिशत उहाँहरुलाई हाल्न भन्न भन्दा बरु सत प्रतिशत ऋण दिएर पाँच वर्षपछि फिर्ता गर्न भन्यो भने उहाँहरु खुशि हुनुहुन्छ । किनभने काम गर्ने मान्छेले मात्र पाउँछ । कुरा होला भन्ने मलाई लाग्छ ।

अहिलेको नीति तथा कार्यक्रममा जति हामीले सोचेका छौं त्यति हामीले देखेका छैनौं । हिजो सफ्ट लोन भनिएको छ त्यो निश्चित मान्छेहरुले मात्र पाएको अवस्था छ । अब सबै कृषि पेशामा लाग्ने मान्छेहरुले त्यो कर्जा पाउन प¥यो र पाउने प्रक्रिया सजिलो बनाउनु प¥यो । सबैसँग धितो राख्ने कुरा पनि हुँदैन् । धितो राख्ने कुरा नहुँदा उनिहरुको जुन प्रमाण पत्र हुन्छ त्यसलाई आधार मानेर कर्जा दिने व्यवस्था ग¥यौं भने अझ बढी मानिसहरु स्वरोजगार बन्न सक्छन् । धेरै कुराहरु यसमा समेटिन्छ जस्तो मलाई लाग्छ ।

त्यसो भए यो क्षेत्रको समस्यालाई बजेटमार्फत तत्कालिन, मध्यमकालिन र दिर्घकालिन रुपमा कसरी सम्बोधन गर्नुपर्छ ?

सबैभन्दा पहिला पूर्ण रुपमा सञ्चालन गर्ने कुरामा तत्काल हेर्नुप¥यो । किसानलाई गाई भैंसिलाई खुवाउने दानाको भुक्तानी गर्न नसक्ने अवस्था हुन्छ । त्यसको लागि तत्काल राहत दिनुप¥यो । उद्योगहरुको लागि के गर्नु प¥यो भने जुन स्टकमा बसिरहेको सामान छ त्यसको लागि केही राहत हामीलाई दिनुप¥यो । कोरोना पछि काम सुरु हुँदा हामी अलि धेरै अप्ठेरोमा हुन्छौं । हामीसँग भएका कुराहरु सबै सकिएको हुन्छ । त्यसको लागि अलिकति सहजिकरण गरिदिनुप¥यो । नीतिगत कुरामा पनि सहज गर्नुप¥यो । अहिले बैंकमा भएको कर्जा तत्काल भुक्तानी गर्न नसक्ने र त्यो डबल बन्दै जाने भएकाले बैंकले त्यसलाई छोडने कुरा हुँदैन । जहिले खुल्छ त्यतिबेला त हामीले बाँकी भएको पनि तिर्नुपर्छ । यसमा म्याद थप गरियोस । जस्तै दश वर्षलाई लिएको छ भने दश वर्ष ६ महिना भइदियोस । त्यसो भयो भने हामीलाई किस्तामा त डबल परेन । त्यो एउटा तत्काल गरियो भने सजिलो भयो ।

अर्को कुरा दुध जसजसको विक्री भएको छैन, जहाँ जहाँ स्टक भएको सामानहरु छ त्यसलाई उपभोग गर्ने वातावरण मिलाउनु प¥यो । अहिले बंगलादेश लैजाने भन्ने कुरा पनि आइरहेको छ । त्यसलाई चाँडै नीतिगत रुपमा सुल्झाएर पठाउन प¥यो । हामीसँग भएको स्टक सामानको मिति एक वर्षको हुन्छ । अहिलेसम्म छ महिना त गइसक्यो अब हामीसँग छ महिना मात्र बाँकी छ । विक्री भएन भने सबै सामान फाल्नु पर्ने हुन्छ । यो विषयमा छिटो सहजिकरण गरियोस भन्ने हो । विद्युतमा पचास प्रतिशत छुटको कुरा धेरै वर्षदेखि हामीले भनिरहेका छौं त्यो पाएका छैनौं । तत्काल सम्बोधन होस भन्न चाहन्छौं । पचास प्रतिशत भ्याट पहिला छुट पाउँथ्यौं अहिले त्यो पनि पाएका छैनौं । हामीले फेरी भ्याट छुट पायौं भने तत्कालको लागि केही राहत हुन सक्छ ।

अव दिर्घकालिन समाधानको कुरा गर्दा हाम्रो देशमा अहिले सम्म निर्वाहमुखि पशुपालन छ । डेरी व्यवसाय पनि अहिलेसम्म अत्याधुनिक रुपमा गइसकेको छैन् । निर्वाह मुखि तरिकाले सञ्चालन भइराखेका छन् । बजारमा आउन नसकेको दुधलाई कमसरी बजारमा ल्याउने भन्ने विषयमा कार्यक्रम आउनुपर्छ । अलपकालिन रुपमा २ सय किलोमिटर सम्मको दुध उठाउन सक्ने रणनीति बनाउने र दिर्घकालिन रुपमा देशैभरको दुध उठाएर जान सक्ने स्थिति निर्माण गर्नुपर्छ । तत्कालको लागि कसरी कहाँकहाँ सजिलो छ त्यहाँ हामी जान सक्छौं । तर यो कुराहरु अहिलेसम्म आएको छैन र अब आइदियो भने डेरी क्षेत्रको पक्कैपनि उत्थान हुन सक्छ ।

अर्को ठूलो समस्या भनेको जुन घरेलु डेरीहरु देशभरी ६ हजार भन्दा बढी छन् जसले ३३ प्रतिशत बजार ओगटेका छन् । अहिलेको नीति तथा कार्यक्रममा पनि ति कुराहरु आएको देखिएन् । बजेट मार्फत डेरीहरु मर्जर गरेर आएदियो भने हामीलाई दुईवटा कुरामा फाइदा हुन्छ । एउटा गुणस्तरको कुरा, अर्को लेभलिङ र प्याकेजिङ औपचारिक क्षेत्रमा गर्ने कुरा । यसबाट विस्तारै डेरीको स्तर उन्नती हुँदै जानेछ । नेपालमा साना, घरेलु, मझौला र ठूला गरी चार किसिमका डेरीहरु छन् । ठूला डेरी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने बनाउन प¥यो । मझौलालाई ठूलामा परिणत गराउन प¥यो र साना तथा घरेलुलाई कसरी स्तरोन्नती गरेर तिनिहरुलाई नयाँ टेक्नोलोजिसँग भिज्ने गरी लेभलिङ प्याकेजमा ल्याउने चाहिं ठूलो चुनौति हो जस्तो लाग्छ । त्यो कुरा तत्काल समेटेनौं भने हाम्रो देशमा विदेशबाट आयातित जुन सामानहरु छ हामी प्रतिस्पर्धा गर्न सकिरहेका छैनौं । किसानहरुले पनि व्यवसायिक पशुपालन गर्नुभएको छैन ।

निर्वाहमुखि पशुपालन छ त्यसलाई व्यवसायीक पशुपालन गर्नुप¥यो । व्यवसाय मुलक पशुपालन नभएसम्म लागत कस्ट बढ्छ । जसले गर्दा हामी विदेशी कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । ८० प्रतिशत त दुधमा आत्मनिर्भर भइसकेका छौं । डब्लुएचओको अनुसार पनि ९२ लिटर प्रतिव्यक्ति प्रति वर्ष दुध सेवन गर्नुपर्नेमा अहिले हामी ७२ लिटरमा छौं । अब बाँकी २० लिटर छ । हामी त्यसलाई पुरा गर्नको लागि जतिपनि विदेशबाट आयातित सामानहरु छ त्यसलाई पूर्णरुपमा बन्द गरिनुपर्छ । अनि न हामी यसमा लाग्छौं अहिले त्यो गरिएको छैन् ।

अर्को मुख्य समस्या के पनि छ भने कच्चापदार्थ ल्याउँदा भन्सार डबल छ तर रेडिमेड सामान ल्याउँदा सस्तो पर्छ । हामीले धेरै कच्चापदार्थ बाहिरबाट ल्याउनुपर्छ । त्यसैत हाम्रो उत्पादन लागत बढी छ । अझ कच्चा पदार्थ पनि रेडिमेड वस्तुको तुलनामा बढी छ भनेपछि त हामी झनबढी मारमा पर्ने भयो । त्यसकारणले कच्चापदार्थको भन्सार दर सस्तो हुन प¥यो र रेडिमेड सामान बाहिरबाट आउँदा त्यसको भन्सार दर बढी हुन प¥यो । त्यसो भयो भने स्वदेशी उत्पादनको खपत बढ्न सक्छ ।   

राज्यको नीतिले पनि स्वदेशी उद्योगहरुलाई बचाउनको लागि यहाँको खपत बढाउने प्रयास गर्नुप¥यो । जस्तै आर्मी, पुलिसमा जसरी मासु र अण्डा अनिवार्य गरिएको छ त्यसरी नै दुध र पनिरलाई पनि अनिवार्य गर्नुप¥यो । त्यसो भयो भने दैनिक एक लाख लिटरको बजार बढ्न सक्छ । भनेपछि दुधको बजारको सम्भावनाहरु धेरै छन । जस्तो हामीले सरकारी कार्यालयहरुमा दुध खुवाउनुपर्छ भन्ने अभियान लिएर गएका थियौं । त्यसले के देखायो भने नेपाल भरका कर्मचारीहरुको तथ्याङ्क र प्रतिव्यक्ति सेवन गर्नेको हिसाब गर्दा पचास हजार लिटर प्रतिदिन थप खपत हुन सक्ने रहेछ । त्यसकारण हामीले नीतिमा सानो परिवर्तन ग¥यौं भने ठूलो उपलब्धी हुन्छ । यो कुरामा राज्य लाग्नु प¥यो ।

डेरी क्षेत्र भनेको यस्तो क्षेत्र हो कि यसको विकास गर्दा सँगसँगै अरु लिंकेजहरु पनि बढाउँछ । जस्तै मान्छेहरु पशुपालनमा लागे भने अहिले अर्गानिक खेतिको कुरा छ । अर्गानिक खेतिलाई सपोर्ट गर्ने कुरा त हामैो गहुँत गोबर ले नै गर्ने हो । त्यसकारण अप्रतक्ष्यरुपमा खेति पनि बढ्छ । यसबाट हामी वार्षिक दुई खर्ब बराबरको खाद्यान्न आयात गरिराखेका छौं र तयसलाई परिपूर्ति गर्नका लागि पनि त डेरी क्षेत्रले सहयोगी भुमिका खेल्न सक्छ । जुन हामीले आकडा गरको अनुसार ६० लाख मानिसहरु बाहिर छन् । त्यसमा कमसेकम २०÷२५ लाख मानिसहरु बेरोजगार भएर देश फर्किन्छन् । यहाँको व्यवसायबाट पनि केही मान्छेहरु पलायन हुन्छन र त्यो मान्छेको व्यवस्थापन पनि हामी कहाँ गर्न सक्छौं भन्दा यो कृषि क्षेत्रमै गर्न सक्छौं । दुग्ध क्षेत्रमा गर्न सक्छौं ।

अब बेरोजगार बनेर देश फर्कने जनशक्ति बढ्ने पक्का छ । यस्तो अवस्थामा डेरी क्षेत्रले कसरी प्रयोग गर्न सक्छ ?

बाहिरबाट बेरोजगार भई आउने मान्छेहरु पक्कैपनि कुनैन कुनै फिल्डमा काम गरेर आउनुभएको हुन्छ । उहाँहरुसँग सिधा ज्ञान नभएपनि उहाँहरुले देख्नुभएको छ । देखाइपमा पनि धेरै बुझाई हुन सक्छ । मलाई जहाँसम्म लाग्छ पाँच प्रतिशत मान्छेहरु डेरी सेकटरमै काम गरेको हुन सक्नुहुन्छ । हामी अझै २० प्रतिशत आत्मनिर्भर हुन बाँकी छौं र हाम्रा उद्योगहरु अझैपनि ५० प्रतिशतको क्षमतामा चलिरहेका छन भने त्यसलाई सत प्रतिशत बनाउन हामीलाई जनशक्ति चाहियो । त्यो जनशक्ति हामीले पनि लिन सक्छों । अर्को जो मान्छेहरु स्किल हुनुहुन्न र सेमि स्किल हुनुहुन्छ त्यो सेमिस्किल जनशक्तिलाई प्रयोग गर्ने ठाउँपनि छ हामीसँग । जुन डेरी उद्योग मै नभएर संकलन क्षेत्रमा प्रयोग गर्न सक्छौं । सीप नै छैन तर रुचि छ भने हामीले पशुपालन व्यवसायमा लिन सक्छौं । अब अहिले राज्यले सिटिईभिटी मार्फत मिलेर एक हप्ते तालिम दिएर हामीले पशुपालमा लगाउन सक्छौं । एक महिना तालिम दिनेहो भने संकलन केन्द्रमा लान सक्छौं यस्तै छ महिना तालिम दिने हो भने हामीले डेरी उद्योग मै ल्याउन सक्छौं ।

नीति तथा कार्यक्रममा एउटा राम्रो कुरा हामीले पाएका छौं । अब बाँझो जमिनहरुमा, कान्लाहरुमा अथवा सार्वजनिक जग्गाहरुमा रुख विरुवा रोप्ने र दिर्घकालिन उत्पादन दिने कुराहरुलाई प्रोत्साहन गरिएको छ । ति कुराहरुको लागि हामीले उक्त जनशक्ति व्यवस्थापन गर्न सक्छौं । त्यसरी व्यवस्थापन गर्दा एउटा त हाम्रो फलफुल, खेतिपातिमा भएपनि त्यो डेरीसँग सम्बन्ध हुन्छ । त्यहाँबाट घाँस उत्पादन हुन्छ स्याउला उत्पादन हुन्छ र गाई भैंसिलाई प्रयोग गर्न सक्छौं । अहिले जुन दानामुखि पशुपालन छ त्यो घाँस तिर परिणत भयो भने लागत कम हुन जान्छ ।

बजारको लागि पनि आर्मी, पुलिस, स्कुल तिर ग¥यौं भने दुई लाख लिटर तत्काल हामीले खपत गर्न सक्छौं । अर्कोकुरा बाईप्रडक्टमा हामी त्यति धेरै गएका छैनौं । जस्तो अब धुलो दुधको कुरा गर्ने हो भने दहि बनाउनको लागि प्रयोग गर्ने धुलो दुध हामीकोमा छ । तर डेरीको लागि त अहिलेपनि हामी इण्डियाको प्रयोग गरिरहेका छौं । बाहिरको प्रयोग गरिराखेका छौं । भने त्यतातिर अर्को ५ प्रतिशत मार्केट बढाउन सक्छौं । जस्तो चक्लेटहरुको कुरा छ त्यो पनि दुधबाटै बन्ने हो । धेरै हामी बाहिरबाट आयात गर्छौ हाम्रो नेपालमा छैन् त्यतातिर हामी जान सक्छौं ।

दुधको लाइफ हाम्रो देशमा अधिकतम दुई दिन सम्म छ । त्यसलाई हामी एकमहिना, तीन महिना, छ महिनाको बनाउन प्राविधिक रुपले काम गर्न सक्छौं । पाँच÷छ वर्ष अगाडिको कुरा गर्ने हो भने सिधै दुहुँदादुहुँदैको दुधको चिस्यान नगर्ने हो भने एक घण्टा दुई घण्टा मात्रै लाइफ हुन्थ्यो । आर्मी पुलिसको विकट ठाउँमा बस्ने क्यामहरुमा दुध कहिलेपनि प्रयोग हुँदैन थियो त्यहाँ धुलो दुध मात्रै प्रयोग हुन्थ्यो । तर आज हामीले जहाँ प्याकेटमा दुध ल्याउन थालिसकेपछि र चिस्यान केन्द्रहरु ठाउँठाउँमा स्थापना भएपछी आर्मीको क्याम्प तथा पुलिसको ठाउँमा जान सकेको छ । हिमाली क्षेत्रमा पर्यटकहरु आउने ठाउँ जहाँ चार पाँच दिन लाग्ने ठाउँमा पनि हाम्रा सामानहरु जान सकेका छन् । त्यसकारण हाम्रो आवश्यकता अनुसार प्रविधिलाई पनि जोडदै हामी त्यहाँ जान सक्छौं ।

नेपाल डेरी एसोसिएसनले के भन्दै आएको छ भने सबैठाउँमा हाम्रो बाटो राम्रो छैन् विद्युत पनि पुगेको छैन भने विद्युत नपुगेको ठाउँमा सोलारबाट चिस्यान केन्द्र सञ्चालन गर्न सक्छौं त्यो धेरै ठूलो कुरा पनि छैन् । २५ लाख रुपैयाँ लागतमा राम्रो बन्न सक्छ । त्यसमा चार पाँच हजार लिटर दुध संकलन गरेर ल्याउन सक्छौं । अब बोक्ने कुरामामा पनि अर्को १० १५ लाख रुपैयाँ लगानी गर्ने ओ भने डाँडाँबाट पाइप लगाएर दुधलाई सडक सम्म ढुवानी गर्न सक्छौं । त्यो सब सोचको कुरा हो । निजी क्षेत्रले नीतिगत कुरामा सुझाव मात्रै दिने हो । लगानी गर्ने कुरामा पनि हामी ब्लकमा लगानी गर्न सक्दैनौं व्यक्तिगत लगानी गर्न सकिएला । यो कुराहरु हामीले मन्त्रालयमा यस अगाडिको वर्षहरुमा दिएका हौं । यो भन्दा अगाडि उहाँहरुले हामीलाई त्यसको लागत सहित दिनुहोस भन्नुभएको थियो हामीले नमुनाको रुपमा एउटा गाउँमा सुरु गरौं भन्यौं । हामीले २५ वटा सोलार दिनु भनेका थियौं तर पछि त्यो काम भएन् । 

हाम्रोमा सोच आउँछ तर त्यसलाई कार्यान्वयन गर्ने सम्बन्धमा चुक्छौं । गरौं भन्ने भावना भएको मान्छेहरुमा आज एउटा भावना आउँछ भोलि अर्को आउँछ पर्सि पनि आउँछ र सम्बन्धित निकायले सर्फेसमा कुरा सुनेर निर्णय गर्ने गर्छ ।  सम्बन्धित मान्छेहरुसँग बसेर छलफल गरेर बजेट बनायो भने कार्यान्वयन पक्षमा सजिलो हुन्थ्यो । तर अहिलेसम्म त्यस्तो भएको हामीलाई थाहा छैन् । हामीसँग मागिन्छ हामिले दिन्छौं त्यसपछि कसैले हेर्छ हेर्दैन त्यो थाहा छैन् । हचुवाको रुपमा नीति तथा कार्यक्रम आउने गरेको छ । अब आउने बजेट पक्कैपनि यसरी हचुवाको भरमा आउने छैन् । गहन अध्ययन गरेर गर्न सकिने कुराहरु मात्र आउने विश्वा हामिले गरेका छौं । नेपालमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा जुन छ त्यो नारा सार्थक बनाउनको लागि साच्चै लाग्ने हो भने ५० प्रतिशत योगदान डेरी क्षेत्रले गर्न सक्छ ।