२३ मंसिर २०८२, मंगलवार
,
Latest
सिरहाका चारवटै क्षेत्रमा कांग्रेसको उम्मेदवार सिफारिस मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल ‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा हङकङ आगलागीमा मृत्यु सङ्ख्या १६० पुग्यो बारीको पाटामा जन्ते बाख्रो, मौलिक संस्कृति ब्युताउँने सेफहरुको प्रयास चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण ‘जेनजी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व होः मन्त्री अर्याल र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार प्रधानमन्त्रीलाई श्रेष्ठको आग्रह,‘निर्वाचन सम्पन्न गरेर मात्र तपाईं निस्कनुपर्छ’ इन्डोनेसियाको राजधानीमा भीषण आगलागी, महिलासहित २२ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवको प्रश्नः प्राकृतिक श्रोत र साधनले सम्पन्न देश नेपाल कसरी दरिद्र भयो ?



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल दरिद्र र मानव तस्करी गर्ने देश कसरी भयो भन्ने बसह जरुरुी रहेको बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई प्रकृतिले सबैथोक दिएपछि सम्पन्न बनाउन नसकिएको बताउनु भयो । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? उहाँको प्रश्न छ । माटो नै नभएका देशहरु र बालुवाका देशहरु सम्पन्न भएको अवस्थामा नेपाल दरिद्र हुनु दुःखको विषय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाललाई प्रकृतिले सबैथोक दिएको छ । प्राकृतिक श्रोत र साधनले भरिएको देश नेपाल दरिद्र कसरी भयो ? बालुवाका देश, जुन देशमा माटो छैन, नदी छैन, जंगल छैन, रुख छैन, ति देशहरु संसारका धनी र सम्पन्न देश भए । नेपाल किन दरिद्र, कंगाल र अझ मानव निर्यात र तस्करी गर्ने देश किन भयो ? यो विषयमा चिन्तन गर्न जरुरी छ ।’

अध्यक्ष यादवले अहिले संघीयता र समावेशी लोकतन्त्र नरहेको भन्दै केही आंशिक मात्रै शुरुवात भएको बताउनु भयो । भूमि ऐनमा वन घुसाएर वन विनाश गर्ने र पर्यावरण नष्ट गर्ने काम भइरहेको बताउनु भयो ।