३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

लिम्पियाधुरा, लिपुलेक र कालापानीकाे विषय आज मात्र उठेकाे हाेइन – सचिव अधिकारी

लिम्पियाधुरा, लिपुलेक र कालापानीकाे विषय आज मात्र उठेकाे हाेइन – सचिव अधिकारी
अ+ अ-

सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी

भारतले नोभेम्बर दुईमा जारी गरेको नयाँ नक्सामा नेपालको भूमि समेटिएपछि त्यसमा नेपालले विरोध ग¥यो । कुटनीतिक नोट समेत पठायो  तर त्यसको जवाफ भारतले दिन चाहेन् । तर भारतले लिपुलेक क्षेत्र हुँदै चीनको मानसरोबर जाने सडक बनाएपछि नेपालमा विरोध भयो । नेपाल सरकारले फेरी कुटनीतिक नोट पठायो । तर त्यसको आधिकारीक जवाफ नदिई भारतीय सेना मार्फत अभिव्यक्ति दिन लगायो । त्यसपछि नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी ग¥यो । १८१६ को सुगौली सन्धी लगायतका प्रमाणहरुलाई आधार मान्दै नेपालले आफ्नो नयाँ सीमा नक्सा जारी गरेको छ । जसमा भारतीय पक्षले विरोध गरेको छ । तर दुईपक्षिय वार्ताको लागि अझै कुनै  प्रयास भएको देखिदैन् । नेपाल तथा भारतका मिडियामा विभिन्न प्रमाणहरु आइरहेका छन् । के ती प्रमाणहरु सही छन? नेपालले जुटाएका प्रमाणहरु कत्तिको बलिया छन ? यिनै विषयमा केन्द्रीत भई लामो समय नापी विभागमा काम गर्नुभएका सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीसँग न्यूज एजेन्सी नेपालका संवाददाताले गर्नुभएको कुराकानी ।  

पछिल्लो समय सीमा विवादका सम्बन्धमा सञ्चार माध्यमहरुमा विभिन्न कुराहरु आइरहेका छन् । यसलाई कसरी हेरिराख्नु भएको छ ?

वास्तममा अहिले देशव्यापी रुपमा सीमाको विषय चर्चा परिचर्चाको विषय बनेको छ । आम नगारिक सबैले यसमा चासो दिएका छन् मैले पनि पक्कै चासो दिने भए । मैले पहिले नापी विभागको महानिर्देशक भएर काम गरेको नाताले अलिकति सीमाको विषयमा जानकारी राख्ने भएको हुनाले अलि मैले राम्रैसँग हेरिरहेका छु मिडियामा आएका विषयहरु । अहिले मलाई कस्तो अनुभूति भइरहेको छ भने, पहिले हामी सीमा सम्बन्धी ज्ञान राख्ने हामी धेरै लिमिटेड मान्छेहरु मात्र हुन्थ्यौँ । अहिले धेरै मान्छेहरुले सीमा सम्बन्धी ज्ञान राख्छन् र धेरै विषयमा जानकार छन् । धेरै प्रमाणहरुको विषयमा उहाँहरुले चार्चा गर्नुभएको छ । जसले गर्दा जनतामा सही तथ्य लैजान सजिलो भएको छ ।

अहिले सीमा सम्बन्धी आएका सन्दर्भ सामग्रीहरु वार्ताको टेवलमा कतिको सान्दर्भिक हुन्छन् ?

अहिले खासगरि मेकानिजममा भएका सामग्रीहरुको चर्चा भएको हो । हामीसँग सीमा सम्बन्धी ऐतिहासिक दस्तावेजहरु संकलन गर्ने भनेको सर्वे डिपार्टमेन्ट, परराष्ट्र मन्त्रालय आर्काइभमा पनि केही प्रमाणहरु छन् । ती संयन्त्रहरुमा सरकारी स्तरका कागजपत्रहरु छन् । आम एकेडमिक तवरबाट प्राप्त गरेका कागजपत्रहरु बाहिर आएका छन् । ती डकुमेन्टहरु मध्ये केही त अब आधिकारिक वार्ताको टेबुलमा बस्दा पनि छलफलमा ल्याउने चर्चा भएको छ । अधिकांश डकुमेन्टहरु त यसै डकुमेन्ट छ भन्नको लागि चर्चामा आउने खालमा पनि छन् त्यसले खासै माने राख्दैन । कसको ओजनदार प्रमाण छ भन्ने कुराले मान्यता राख्छ ।

दुई पक्षीय सम्बन्धका धेरै आयाम छन् त्यसमा सीमा पनि सम्बन्धको आयाम हो । सीमा सम्बन्धमा भारतीय पक्षको बुझाई कस्तो रहन्छ ?

बुझाईमा अस्पष्टता न नेपालको तर्फबाट छ न भारतको तर्फबाट हामीले सीमा सम्बन्धी धेरै समस्याहरु बाईलेटरल मेकानिजम बाट समाधान निकालेका छौँ । खासगरी प्राविधिक तहमा १९८० पछि हामीले जोइन्ट टेक्निकल कमिटि यतापट्टी नापी विभाग प्रमुख भारतीय तर सर्वे अफ इन्डियाको सर्वेयर जनरलको नेतृत्वमा एउटा जोयन्ट मेकानिजम बन्यो त्यसले नेपाल भारतको सीमानाको अधिकांश क्षेत्रमा काम सम्पन्न गर्यो । धेरै ठाउँमा समस्याहरु थिए । ती सबै समस्याहरु प्राविधि रुपमा ऐतिहासिक दस्तावेजहरुलाई आधार मानेर समाधान ग¥यौँ । अहिले पनि भन्ने गर्छौँ हामीले ९८ प्रतिशत काम सम्पन्न भएको छ । सुस्ता र कालापानी दुई ठाउँ बाहेक कहिँपनि समस्या बाँकी छैन भन्ने गर्छाैं तर जनस्तरमा समस्या छ नि भन्ने कुराहरु मिडियामा आउँछन त्यो पनि सत्य हो । ती समस्याहरु सुल्झाउन नसकिने समस्या होइनन् ।

खोला किनारमा रहेका बगरमा सुकुम्बासीले प्रयोग गरेजस्तै समस्या हो । त्यो कुनै राज्यको तर्फबाट उत्पन्न भएको समस्या होइन् । कतिपय क्रस बोर्डर अकुपेशनको समस्या छ । भारतीय नागरिकले नेपालपट्टिको भूभागमा आएर अकुपेशन गरेको अवस्था र नेपाली नागरिकले भारतीय भूमिमा गएर अकुपेशन गरेको अवस्था हो । त्यसलाई हामीले क्रस बोर्डर अकुपेशनको समस्या भनेका छौँ । ती समस्याहरु सबै समस्याहरु हामीले सर्वे गरेका छौँ । डकुमेन्टेड गरेका छौँ । नोटेड छन् र हामीले त्यसलाई उपयुक्त फोरमबाट सोलुसनम नजाँदासम्म, एउटा मोडालिटी बनाएर समाधानमा नलैजाँदासम्म त्यसलाई स्टाटसमा राख्ने भनेर सझदारी बनाएर राखेका छौँ । त्यसले गर्दा बेलाबेला धेरै चर्चा परिचर्चामा आउने गर्छन् । सुस्ता र कालापानीको सन्दर्भमा पनि हामी दुबै देश पहिलेदेखि जानकार हौँ । पहिलेदेखि समस्या छ भन्ने कुरा जानकारीमा छ ।

सुस्ताको समस्या फरक ढंगको छ कालापानीको समस्या फरक ढंगको छ । त्यो भारतीय पक्षको बुझाई पनि स्पष्ट छ । अहिले स्पष्ट भन्नुपर्दा भारतीय पक्षले त्यो ठाउँ कालापानी लिपुलेक र लिम्पियाधुरा क्षेत्र भरखरै हाम्रो नक्सामा आयो । त्यो क्षेत्रमा भारतीय पक्षले पहिलेदेखि आफ्नो खालको नक्सा सार्वजनिक गर्दै आएको थियो । त्यहाँ अहिले पनि भारतीय सुरक्षा बल बसेको छ । अकुपेशन भारतको छ । त्यति हुँदहुँदै पनि भारतीय पक्ष आफ्नो नक्सामा इन्क्लुटेड, आफुले अकुपाइ गरेको जमिन, हाम्रो आर्गुमेन्टका आधारमा त्यो डिस्प्युटेड एरिया भनेर रिकजनाइज गर्न तयार भएको हो नि । हिजो विहान कुरा नभएको त होइन । आज एक्कासी उठेको विषय त होइन । हिजो हामीले जिटिसीबाट काम गर्दा पूर्वदेखि पश्चिमसम्म हामीले सबै सीमानामा काम गरिसक्यौँ । ८ हजार ५ सय ५३ स्थानमा सीमा स्तम्भ राख्ने लोकेशन पनि हामीले तय गरिसक्यौँ । सुस्ता र कालापानी बाहेक सबै ठाउँमा कुन ऐतिहासिक डकुमेन्टका आधारमा सीमा निर्धारण गर्ने भनेर तय गरेर । यसरी हाम्रो सीमा जान्छ भनेर तय गरिसकेका छौँ ।

नक्सामा त्यो लोकेट भइसकेको छ । कहाँसम्म मात्रै लोकेट भएको छ भन्दा लिम्पियाधुराबाट आउने नदी कुटियाङ्दी भनेर भनिन्छ जसलाई अहिले । यता लिपुलेकबाट आउने नदी लिपुखोला भनिन्थ्यो त्यसलाई अहिले कतिपय ठाउँमा कालि भन्ने गरिन्छ । त्यो र्दुइवटा नदी मिट गर्ने दोभान जुन गुञ्जी गाउँ नजिकै पर्छ । त्यो दोभानसम्म हामीले बार्डर लोकेट गरिसकेका छौँ । अब हामी दोभानबाट माथि किन गएका छैनौ भन्दा त्यो भन्दा माथि हामी दुई देशबीचको ऐक्यवद्धता हुन सकेन् । आफ्नो आफ्नो तर्क भयो त्यसपछि हामी माथि गएनौँ । यसबाट के स्पष्ट हुन्छ भने भारतीय पक्ष पनि त्यहाँ समस्या छ भन्ने कुरामा दुईपक्षिय सहमति भएको हो । एग्री नभएको भए हामी त्यो भन्दा माथि जान सक्थ्यौँ । त्यसैले यो चाँही नक्सा बनेपछि मात्रै दुई देशको विमति आएको होइन हिजो पनि विमती थियो । र त्यो विमती छ भन्ने कुरा त्यतीबेला प्राविधिक टोलीले काम गर्दा मात्रै होइन् ।

राजनीतिक लेभलमा पनि मान्यता दिइएकाे छ । जस्तो सन् २०१४ मा हाम्रो परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे हुँदा यो जोइन्ट कमिसनको मिटिङ भएको थियो । त्यो मिटिङले स्पष्ट के भनेको छ भन्दा पहिले राजनीतिक तहमा कुनै समस्या छ यी दुई ठाउँमा भन्ने कुरा दुईपक्षिय थिएन् । त्यो दुई ठाउँको समस्या समाधान गर्ने अहिले कुरा भएको छ । २००८ देखि २०१६ सम्म जुन मेकानिजम थियो त्यो प्राविधिक लेभलको त्यो काम गरेन् । सन् २०१४ पछि नयाँ रुपमा फेरी पुर्नस्थापित जस्तै भयो । फेरी अर्को कमिटि गठन भयो । त्यो कमिटिबाट त्यो दुईवटा समस्या झिकेर फेरी परराष्ट्रसचिव स्तरिय मेकानिजमबाट सल्भ गर्ने र त्यसमा पर्ने प्राविधिक विषयमा इन्पुट लिनुप¥यो भने बाउण्ड्री वर्किङबाट लिने भनेर स्पष्ट उल्लेख गरेको छ । थर्ड जोइन्ट कमिसनले । त्यसबाट के स्पष्ट हुन्छ भने हामी राज्यबाट राजनीतिक तहमा सुस्ता र कालापानीको समस्यामा जानकार छौँ ।

भारतले पनि बुझेको छ । नेपालले पनि बुझेको छ । भन्ने स्पष्ट हुन्छ । त्यसपछि त्यो परराष्ट्र सचिव लेभलमा मात्रै होइन लगत्तै २०१४ मै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण भएको बेलामा प्रधामन्त्री स्तरिय जोइन्ट स्टेटमेन्टमा स्पष्ट त्यो थर्ड जोइन्ट कमिसनले परराष्ट्र सविच स्तरलाई काम दिएको सुस्ता र कालापानीको समस्या समाधान गर्ने जुन टास्क असाइन गररेको छ त्यो टास्क असाइनको विषयलाई पनि रिकजनाइज गरेको छ । र बाउण्ड्रि वर्किङ ग्रुपलाई पनि प्राविधिक रुपमा काम गर्न निर्देशन दिएको छ । र नेपाल भारतबीचमा जतिपनि सीमा समस्या छन् । त्यसलाई एकैपटक समाधान गर्ने भन्ने स्टेटमेन्ट जारी गरिएको छ । यसबाट स्पष्ट छ हाम्रा दुबै देश राजनीतिक तहमा दुबै समस्यासँग जानकार छौँ । यी हिजो देखिकै समस्या हुन । यी समस्याहरु समाधान गर्न वार्ताको टेबलमा बसेर अगाडी बढनुपर्छ भन्ने हो ।

प्राविधिक रुपमा त हामी यो अवस्थामा छौँ । दुबै राष्ट्रले नक्सा जारी गरिसकेका छन् । अब यो अडिएको ठाउँबाट विवादलाई कसरी समाधान गर्ने ?

यो भनेको सीमा कहाँ थियो भन्ने समस्या छैन । सीमा कहाँ हो भन्ने समस्या होइन । सीमा काली नदी हो । हामीले महाकाली भन्छौँ त्यतिबेला सुगौली सन्धीमा कालीपूर्वको भूभाग नेपालको भनेर स्पष्ट छ । अरु ठाउँमा सीमाना छुट्याउन विभिन्न डकुमेन्टहरु चाहिएलान तर त्यसमा सुगौलीको सन्धी मात्रै हाम्रो एउटा डकुमेन्ट हो । जो हामीले बाइलेटलरी एसेप्ट गरेका छौँ । त्यसका आधारमा हामीले सीमा कुन हो भनेर गहन रुपमा चिन्न सक्छौँ । र नेचुरल बाउण्ड्री भएको ठाउँमा धेरै अरु डकुमेन्टहरु भिडाइरहनु पर्दैन नेचुरल फिचर आफैं बोल्छ की म सिमाना हुँ भनेर । काली नदी सिमाना हो भनेपछि कुन हो भन्ने अवस्था छैन नी काली नदी बगेको छ नी । त्यो काली नदी देखेरै चिनिन्छ त्यो सीमा चिन्न कहाँ गाह्रो ?

अरु ठाउँमा तराईको जस्तो नदी दायाँ बाँया बग्यो भने त पहिले कहाँ थियो अहिले कता बग्यो कसले अकुपाइ गरेको छ हेर्नुपर्ला त्यहाँ त नदी बगेको छ । अर्को कुरा तराईतिर जस्तो समथर भूभाग भए त नदीले धार परिवर्तन गर्न सक्थ्यो । पहाडको खोचमा बगेको नदी त आफ्नो धार परिवर्तन गर्दैन । त्यसैले नदी त्यही छ त्यसैले हामीलाई समस्या छैन् । अब सीमा निर्धारणका विभिन्न चरण हुन्छन् ती चरणमध्ये अहिले हामीले कुन चरण पार गर्यौँ भन्दा हाम्रो अधिकांश ठाउँ पहिले नै सीमा निर्धारण भएको छ ।

सुगाैली सन्धी ताका भएका ४, ५ वटा सन्धी सम्झौताहरु भारतसँगको सीमा निर्धारण गर्छन् । खसगरी मुल १८१६ मार्च ४ को सुगौली हो । १८१६ कै डिसेम्बर ८ को पुरक सन्धी छ । १८६० मा अर्को सन्धी छ जसले हामीले आफ्नो नयाँ मुलुक फिर्ता पायौँ । त्यसपछि दाङको लुडुवा क्षत्रको सिमामा कन्फ्युज भएपछि अर्को सम्झौता गरेर सीमा निर्धारण गरेका छौं । यो चरणबाट आधार डकुमेन्टलाई समातेर सीमा निर्धारण गरेका छौं । त्यसपछि लगत्तै व्रिटिस इण्डियाकै पालामा खासगरीकन व्रिटिस सर्वेयरबाट सीमा क्षेत्रको नक्साहरु तयार गरिएको छ । तराइएको समथर भुभाग सबैडठाउँमा । पूर्वपट्टिको मेचि देखि लिएर तराईको झण्डै ६ सय ४० किलोमिटर नदी सिमाना छ । ती सबैठाउँमा बेस नक्साहरु बनाएको छ । नदीले कुनै समय आफ्नो धार परीवर्तन गरेछ भने त्यही आधार नक्सा समातेर त्यो नदी कहाँ थ्यो त्यो निर्धारण गरेका छौं । पश्चिम पट्टिको सिमानामा हामी के ग¥यौं त भन्दाखेरी त्यतिबेला पनि सीमा नक्सा किन बनाइएन त भन्दा त्यो नदी आफै सीमा बनेको छ ।

त्यसैले सीमा नक्सा भनेर सिमाकै स्टिप नक्सा बनाइएको छैन । विभिन्न समयमा बनाइएका राजनैतिक, टोपोग्राफिक  नक्सा भन्थ्यौं ति नक्साहरु बनेका छन् । अरु विभिन्न थिमेटिक नक्साहरु छन जियोलोजिकल म्यापहरु छन जसमा काली नदी देखाइएको छ, सीमानाहरु दर्शाइएको छ । तर सिमा नक्सा भनेर छुट्टै स्टिम म्याप बनाइएको छैन् । नक्सा विभिन्न किसिमको हुन्छ जसमध्ये सिमाको स्टिप नक्साले स्ट्रिक्ली सीमालाई फोकस गरेर बनाएको हुन्छ र सीमाको लागि आधिकारीक हुन्छ त्यो आधिकारीक नक्सा दुईपक्षिय रुपमा हस्ताक्षर गरिएको हुन्छ । नत्रभने कुनैपनि नक्सा सीमा निर्धारणको लागि आधिकारीक डकुमेन्ट मानिदैन् । यसरी समस्याको जरो कहाँ हो त भन्दाखेरी काली नदी कुन हो भन्ने कुरामा हाम्रो मत एकता नभएको हो ।

काली नदी सिमाना हो भन्ने हाम्रो दुविधा छैन् न भारतीय पक्षको दुविधा छ न नेपाली पक्षको दुविधा छ । काली नदी कुन हो भन्दा हामीले भनिरहेको काली नदी अस्ती मात्रै नक्सा प्रकाशित गरेर देखायौं लिम्पियाधुराबाट उद्गमित हुने काली नदी हो । भारतीय पक्षले भन्ने गरेको नदी कहाँ त भन्दा लिपुलेक तीरबाट आउने नदीको साखा सानो खोल्सी छ एउटा यो कालापानी क्षेत्रमा जुन कालापानी फाउन्टेनबाट सुरु हुन्छ त्यो कालापानी फाउन्टेन भन्ने पुरानो ठाउँ हो त्यो । हट वाटर स्टिम भएको ठाउँ हो त्यो । पुरानो नक्साहरुमा कालापानी हटवाटर स्टिम भन्ने लेखिएको पनि भेटिन्छ । हिमाली नदीहरुमा प्राय विभिन्न ठाउँमा तातोपानी निस्कने ठाउँ हुन्छ । पाँच÷सात वटा मुलबाट निस्कने हुन्छ । त्यहाँबाट पानी ठुलै निस्केको छ । कालापानी भनेपछि त्यो कालापानी भनेको नामबाट नै कालीनदीको नाम हो र त्यही कालापानी मुहान हो उद्गम स्थल हो भनेर भन्ने व्याख्या गरेर भारतीय पक्षले त्यहाँबाट दावी गरेर आफ्नो सिमाना लगाउँदै आएको थियो ।

यसरी हाम्रो तीन ठाउँ भयो एउटा लिपुलेकबाट आउने नदी काली हो की, कालापानी फाउन्टेनबाट आउने नदी काली हो की, अथवा लिम्पियाधुराबाट आउने नदी काली हो भन्ने कुरामा हाम्रो मतएकता नभएको कारणले नै हामी चाही गुन्जी दोभान भन्दा माथि सीमाको पिलरहरु नक्सामा पहिचान गर्ने काम हुन सकेन । र त्यहिं लगेर छोडिएको अवस्था छ । त्यतिबेलै हामी त्यो भन्दा माथि जान सकेनौं । लिम्पियाधुरा तिर जाने की एता लिपुलेक पट्टीको नदीमा जाने भन्ने कुरा सहमती हुन सकेन । हामी उता जाने भन्ने र भारतीय पक्ष यता निस्कने भन्ने भएको हुनाले नसकेको हो । अहीले त्यो समस्या एक स्टेप माथि गएर परराष्ट्र सचिव स्तरीय मेकानिजममा गएको छ । त्यसैले यो बुझ्नु हुँदैन की अहिले हामीले प्रकाशन गरेको नक्साबाट सुरु भएको होइन् । हामीले नक्सा प्रकाशन गरेको यतिकै छैन् । हामीले ऐतिहासिक दस्तावेज पुराना डकुमेन्टहरुले भनेको आधारमा र आधिकारीक डकुमेन्टका आधारमा प्रकाशित गरेको नक्सा हो यो हचुवाको भरमा प्रकाशन गरेको नक्सा होइन् ।

भारतीय पक्ष र नेपाली पक्षबीच कुन आधिकारिक काली नदी हो भनेर पहिचान हुने बित्तिकै नक्सा छुट्टिन्छ । अब यसलाई प्राविधिक रुपमा कसरी अगाडि बढ्नु पर्छ ?

यो काली नदी त नेपाल भारत अथवा अंग्रेज र गोरखा फौजको लडाई थियो अथवा नेपाल अंग्रेज युद्ध १८१४ मा सुरु भयो । के त्यो कालीनदी १८१४ भन्दा अगाडि बग्थेन ? काली नदी भारत र नेपालको सिमाना हुनेगरी सुगौली सन्धीमा सही कहिले भयो १८१६ को मार्च ४ मा भयो । के त्यो भन्दा अगाडी काली नदी बग्थेन ? त्यो भन्दा अगाडी पनि त काली नदी त्यहाँ थियो । अनी त्यो कुनचाही काली नदी हो भन्ने कुरा त्यतीबेलाको प्रमाण अनी त्यसपछि बनेका नक्साको मात्रै प्रमाण हुन्छ की ऐतिहासिक पौराणिक तथ्यहरु प्रमाण हुन्छ ? अर्कोकुरा काली नदी भनेपछि एउटा लिनियर फिचर हो नी कुनै एउटा पोइन्ट त होइन् । कुनै पोइन्टमा गएपछि यो टुंगिने त होइन् । नदी सिमाना भनेको कहिं एउटा पानी ढलोमा नगईकन त टुङ्गीदैन् बीचमा कतै पखेरामा गएर त रोकिदैन् । नदी सिमाना भनेको त नदीको उद्गम स्थल कहाँ हो, कुनै ठाउँ निश्चित भन्ज्याङमा पुग्छ । त्यसो हुनाले अहीले हामीले लिम्पियाधुराबाट उद्गमित काली नदीलाई हाम्रो सीमा नदी मानेर नक्साङ्कन गर्दा त्यततिकै बनाएको छैन पाँच छ वटा आधारहरु लिएर बनाएको छ ।

एक त सुगौली सुन्धीमा काली नदी पूर्व नेपालको भूभाग हो अथवा काली नदी पश्चिम नेपालको भूभाग होइन् । काली नदीलाई सीमाना भनेको छ । त्यो आधिकारीक डकुमेन्ट हो बाइल्याटरल साइन हो । दुवैले मानेको डकुमेन्ट भएको हुनाले र अहीले समम त्यही डकुमेन्टलाई आधार मानेर सीमा निर्धारण गरेको हुनाले त्यही डकुमेन्टलाई आधार मान्यौं एक नम्बर डकुमेन्ट त्यो हो ।  दोस्रो कुरा कुनै नदीको माथी जाँदा शाखा दुईवटा फाटेपछी मुल नदी कुन हो भनेर छुट्याउने हाइड्रोलोजिकल सिद्धान्तहरु हुन्छन ति सिद्धान्तलाई फलो गर्दा चारवटा सिद्धान्त हुन्छन त्यसका । सबैभन्दा लामो नदी मुल नदी हुन्छ भन्ने एउटा सिद्धान्त छ ।

अर्को सबैभन्दा धेरै भोलुमको पानी बग्ने नदी मुल नदी हुन्छ भन्ने सिद्धान्त छ । अर्को जसले ठुलो एरिया कभर गरेको छ त्यो मूल नदी हुन्छ भन्ने सिद्धान्त छ । अर्को नदीको नम्बरिङ सिस्टम हुन्छ त्यो एक्लै बगेको नदीलाई एक नम्बर दिइन्छ दुईवटा मिसिएपछि त्यहाँ दुई नम्बर हो । अनि फेरी दुई दुईवटा मिसिएकोसँग अर्को फेरी मिसिदा त्यो तीन नम्बर हुन्छ । यसरी नम्बरीङ सिस्टममा हाइयेस्ट नम्बर जसले पाउँछ त्यो नम्बर ठूलो हुन्छ । त्यो प्रिन्सिपल नेपालको पूर्वी सिमानामा त्यो प्रिन्सिपल एडप्ट गरेको छ । प्रयोगमा आइसक्यो यो सिद्धान्त । त्यो सिद्धान्तलाई समात्दा पनि गुन्जि दोभानमा पुगेपछि कुन नदी फलो गर्ने भन्दाखेरी लिम्पियाधुराकै नदी फलो गर्ने भन्ने हुन्छ । त्यसपछि अर्को हेर्ने भनेको ऐतिहासिक प्रकाशित डकुमेन्ट नक्साहरु हेर्ने हो । ऐतिहासिक पब्लिक डकुमेन्ट नक्साहरु हेर्दाखेरी त्यो छेत्रको नक्साङ्कन सन १८१५ मै त्यो क्षेत्रको नक्साङ्कन गर्नलाई तत्कालीन ब्रिटिस इन्डियाले क्प्टेन वेब भन्नेलाई सर्वे गर्न पठाएको छ ।

क्याप्टेन वेबले आफ्नो सर्वेको डायरी प्रत्येक पोइन्ट पोइन्टको हाइट उनले कसरी निकाले, कहाँ बसेर सर्वे गरे, कहाँ खाना खाँए कहाँ खाजा खाँए सबैकुरा उहाँले ब्याख्या गर्नुभएको छ । वहाँले त्यतिबेला बनाएको नक्सामा काली नदी लिम्पयाधुराबाटै आएको नक्सालाई काली नदी लेख्नु भएको छ । उहाँले सन १८१५ देखि १८२० सम्मको अवधिमा त्यो क्षेत्रको पुरै लिम्पियाधुरा, लिपुलेक कालापानी त्यो सारा ब्यास क्षेत्रको उहाँले नाप नक्साङ्कन गर्नुभएको छ । वहाँले १८०८ मै उहाँले के गर्नुभएको थियो भन्दा पश्चिमी क्षत्रको त्यही रिजनको पश्चिमी ठाउँमा पनि  उहाँले सर्वे गर्नुभएको थियो । उहाँले गरेको त्यो सर्वेको नक्सामा पनि लिम्पियाधुराबाटै उद्गमित नदीलाई काली नदी उल्लेख गरिएको छ । त्यस्तै विभिन्न किसिमका साइन्टिफिक रिसर्च पेपरहरु त्यहाँ विभिन्न समयमा विभिन्न जियोलोजिस्टहरु सर्वे गर्न गएका छन् । जियोलेजिकल सर्वे त्यहाँ विभिन्न समयमा भएको छ । त्यो बाउण्ड्रीसँग रिलेट गर्दैन् । तर त्यसले काली नदी पहिचान गर्न तर रिलेट गर्छ । ति फिल्ड रिपोर्टहरुमा पनि के देखिन्छ भन्दा लिम्पियाधुराबाट आएको नदी काली नदी हो भन्ने कुरा देखाउँछ । यस्ता दर्जनौ डकुमेन्ट छन जसले लिम्पियाधुराबाट उद्गमित हुने नदीलाई काली नदी भनेर भन्छ ।

अर्को भारतको तत्कालीन युनाइटेड प्रमिन्सेस अथवा अलमुरा, कुमाउबाट प्रकाशित भएका गजेटमा समेत कालापानीको बारेमा उल्लेख छ, लिपुलेकको बारेमा उल्लेख छ, लिम्पियाधुराबाट अआउने कुटी याङ्दी भनेर भनिन्छ त्यो नदीको बारेमा उल्लेख छ, काली नदीको बारेमा उल्लेख छ । ति उल्लेखित डकुमेन्टहरुमा स्पस्ट यो चाही लिम्पियाधुराबाट आउने नदी सबैभन्दा ठुलो नदी हो, सबैभन्दा धेरै भोलुममा पानी बग्ने नदी हो  खास मुल चाही त्यो हो । मान्छेले गलत बुझाईबाट कालापानी फाउन्टेनलाई काली नदी मुहान भन्छन् । हिन्दुहरुको यो एकदमै आस्थाको स्थल हो । तर यो काली नदीको मुहान भन्ने भ्रम छ मान्छेहरुलाई । बास्तवमा काली नदी लिम्पियाधुारबाट आउँछ । तीस माइल परबाट आउँछ भनेर लेखिएका डकुमेन्टहरु आधिकारीका डकुमेन्ट हुन् । यी यस्ता डकुमेन्टहरु हेर्दा र हाम्रो सुगौली सन्धीले भनेको काली नदी हाम्रो पस्चिमि सिमाना भएको नाताले  हामीले ती तथ्यहरुलाई टेकेर अहीलेको नक्सा प्रकाशन गरेको हो । विगतमा २०३२ सालमा नक्सा प्रकाशन गर्दा किन पुगेन भन्ने पनि छ । २०३२ सालमा प्रकाशन भएको नक्सा त्यहाँ भित्र बसेर हेर्दा के देखिन्छ भने यो क्षेत्रमा सर्भे गर्न नसकिएको हुनाले यो क्षेत्रको सिमामा अन्तर्राष्ट्रिय सिमाना देखाइएको छैन भनेर स्पस्टसँग लेखिएको नक्सा छ । त्यो भनेको हामी त्यहाँ सर्वे पनि गर्न सकेनौं । हाम्रो सर्वेको इतिहास धेरै छोटो छ ।

भारतको सर्वेको इतिहास साढे दुईसय वर्ष भनदा पुरानो छ । हाम्रोमा जम्मा २०१४ सालमा सर्वे डिपार्टमेन्ट स्थापना भएको हो । त्यसले गर्दा विगतमा हामी टेक्निकल्ली म्याप प्रोडक्सन गर्ने सिप हामीसँग थिएन् । त्यसले गर्दाखेरी भएका नक्साहरुलाई पनि लिन सक्ने, पढ्न सक्ने, बुझ्न सक्ने, जनशक्ति हामीसँग थिएन जसले गर्दा विगतमा हामीले कनिकुथि बनाएका नक्साहरुमा त्यस्ताखालको अपुर्णताहरु थिए । कमी कमजोरीहरु अपुरो रुपमा थियो । र पनि हामी त्यहाँनेर किन चुकेका छैनौं भन्दा यो क्षेत्रको नक्सा सहि ढंगले लगाउन सकेनौं भनेर भनेको छ सर्वे डिपार्टमेन्टले । त्यसैले मान्छेले बेलाबेलामा के भन्छ त भन्दाखेरी सर्वे डिपार्टमेन्ट त्यतिबेल के हेरेर बसेको थियो के नक्सा जारी गरेको बहस सुन्छु म बेलाबेलामा यो गहिराई नबुझेर यथार्थ नबुझेर त्यस्तो भएको हो । र फेरी अर्कोकुरा बुझ्नुपर्ने कुरा के छ त भन्दाखेरी दुईदेश बीच सीमा निर्धारणका सबैचरणहरु पार गरेर बाउण्ड्री पोर्टोकलमा हस्ताक्षर नगरेसम्म सीमा निर्धारणका चरणहरु पुरा हुँदैन् । मैले अघिनै भने गुन्जि दोभानसम्म वास्तमममा प्राविधिक रुपमा हामीले सीमा निर्धारणका सबै चरणहरु पुरा गरिसकेका छौँ ।

सीमा बडापत्र लेखेर हस्ताक्षर हुने काम बाँकी हो । अरु गर्न पर्ने काम छैन् । तर गुन्जि दोभान भन्दा माथि त त्यो सुगौली सन्धी बाहेक बाइलेटलरी एग्री डकुमेन्ट कुनै पनि छैन् । मैले अघि भनेका वेवले बनाएको नक्सा पनि यो न्यूट्रेली पब्लीस डकुमेन्ट हो । त्यसले के गर्न मद्दत गर्छ त भन्दा लिम्पियाधुराबाट आएको नदीलाई काली भन्ने की लिपुखोलालाई काली नदी भन्ने कुरालाई भन्ने कुरा रिफ्रेस गर्छ । यो नक्साले के भन्छ भनेर आधिकारिक रुपमा त्यसले मद्दत गर्दै् । सुगौली सन्धीले के भन्छ त्यही हो नदी भन्नुपर्छ हामीले । सुगौली सन्धीमा भनेको नदी कुन हो भनेर हामीले पहिचान गर्नुपर्छ । त्यो गर्नका लागि हामीलाई डकुमेन्टहरु चाहिन्छन् । अघि भनेका जतिपनि प्रकाशित साइन्टिफिक पेपर हुन वा सर्भेका डकुमेन्टहरु हुन हरेक डकुमेन्टले के गर्छन त भन्दा त्यो सपोर्टिभ भूमिका खेल्छन् । ठोस प्रमाणका रुपमा सुगौली सन्धीले मात्रै खेल्छ ।

सरकारले एउटा पहल कदमी लिइसकेको छ । सरकारले वा राजनीतिक दलले आफ्नो ठाउँबाट वकालत गर्छ । त्यो भन्दा बाहेक ठूलो समुदाय बाहिर छन् । उनीहरुले के गर्न सक्छन् यस्तो बेलामा ?

अहिले देखिने भनेको त हामीले चाहिं अरु केही पनि होइन । समस्याको समाधान भनेको दुइपक्षिय वार्ता नै हो । कुटनीति वार्ता बाहेक हाम्रो अर्को उपाय छैन् । त्यो हामी त्यही नै गर्ने हो । सरकारको तर्फ त्यही नै गर्ने हो । अब वार्तामा जानका लागि सरकारलाई सपोर्टिभ भूमिका सबैले यसको अध्येता विद्धानहरुले आफुसँग भएको सूचना सेयर गर्ने हो । यो भनेको कुटनीतिक विषय वार्ता गरेर समाधान गर्ने विषय हो । त्यसैले उत्ताउलो पाराले हुँदा नभएका भड्काउ खालका अभिव्यक्ति दिनुहुदैन् । नाराबाजी, गालीगलौचमा कसैले पनि उत्रिनु हुँदैन् । जसले सीमाको बारेमा गहिरिएर बुझेको छ उसले मात्रै बोलिदिए राम्रो । फेरी हाम्रो कहाँ पपुलारिटीको लागि भए नभएका तथ्याङ्क लिएर आउने गरेको देख्छु ।

चीनको बार्डरको एक नम्बरको पिल्लरलाई लिएर हाम्रो त्रिदेशिय विन्दु यहि हो भनेर भिडियोहरु लेखेर राखेको देखिन्छ र हामीले विभिन्न समयमा त्रिकोणिय सर्वेका लागि डाँडाँमा पिलर गाड्नुपर्ने हुन्छ । त्यो पिलर गाँड्नका लागि पिलर बोकेका मान्छेलाई इन्टरभू लिएर तपाई कति वर्षको हुनुभयो ? तपाईले कति सालमा पिलर बोक्नुभएको थियो ? हाम्रो पिलर कहाँ गाडेको थियो भनेर सोध्ने । हेर त्यती बेलका मान्छेहरुले पिलर लगत ठाउँमा गाडे भनेर प्रचार गर्ने यस्तो खालको प्रचार बाजीमा लाग्नु हुँदैन् । सही सूचना मात्रै सम्प्रेसण गरौँ । उत्ताउला काममा नलागौँ भन्ने आग्रह छ ।