२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैनः रेशम चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताउनु भयो । उहाँले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताउनु भयो । अवहेलनाका बीचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने बताउनु भयो । पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ । अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ । हामी अब धेरै अपहेलित भइसक्यौँ । मोर्चाका साथीहरुले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ । पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ । जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ की छैनौँ यसको हेक्का राख्नुपर्छ । अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन् । धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौँ । अहिले जुटेका छौँ । फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौँ । एक भएर अघि बढ्ने प्रयत्न गरौँ ।’

उहाँले मोर्चाको नीति र सिद्धान्त एक बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।