१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय लोकतान्त्रिक मोर्चा अब फुट्नु हुँदैनः रेशम चौधरी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले संघीय लोकतान्त्रिक मोर्चा अब विघटन हुनु नहुने बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अब ठोस निर्णय गरेर जनताका लागि संघीय लोकतान्त्रिक मोर्चा बनेको हो भन्ने सन्देश दिन जरुरी रहेको बताउनु भयो । उहाँले सबैतिरबाट लालच राख्यो भने लालचकै पोखरीमा डुब्ने बाहेक केही नहुने बताउनु भयो । अवहेलनाका बीचमा कसरी सम्मानित हुने भन्ने सोच्नुपर्ने बताउनु भयो । पहिला आफू सच्चिने र जनताका लागि त्याग गर्न सकिन्छ की सकिँदैन भन्ने सोच्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अब ढिलो गर्नुहुन्न । निर्णय लिएपछि ठोस निर्णय लिनुपर्छ । सबैतिरबाट लालच नै राख्यो भने लालचकै पोखरीमा डुब्छौँ । अन्ततोगत्वा त्यसले हामीलाई मृत्यु मात्रै दिन्छ । हामी अब धेरै अपहेलित भइसक्यौँ । मोर्चाका साथीहरुले विशेषतः सोच्नुपर्छ । हामी यो अवहेलनाका बीचमा सम्मानित कसरी हुने धेरै महत्वपूर्ण निर्णय गर्नुपर्छ । जनताले पत्याउने कसरी बन्ने त्यसमा अघि बढ्नुपर्छ । पहिला आफू सच्चिएर जनताका निम्ति त्याग गर्नुपर्छ । जिन्दगीभर जनतालाई न्याय दिन तयार छौँ की छैनौँ यसको हेक्का राख्नुपर्छ । अब हुने चुनावमा पनि देखिन्छ कत्तिको जनताले पत्याउँछन् । धेरै पछि एउटै मोर्चामा हामी उनिएका छौँ । अहिले जुटेका छौँ । फेरि छुट्ने, फुट्ने प्रयत्न नगरौँ । एक भएर अघि बढ्ने प्रयत्न गरौँ ।’

उहाँले मोर्चाको नीति र सिद्धान्त एक बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।