५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

मृगाैला पीडितलाई तेक्वान्दाेका निर्णायक अशोकले गरे सहयाेग

मृगाैला पीडितलाई तेक्वान्दाेका निर्णायक अशोकले गरे सहयाेग
अ+ अ-

काठमाडौंः  नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म दिनमा मृगौला रोगी राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडागाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको पनि उपस्थिति थियो । कमजोर आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालय समेत पठाउन सकिरहेका छैनन् । उनीहरुको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने मेयर थापाले प्रतिबद्धता जनाएका छन् ।

बुधबारै अशोकले विभिन्न ४ प्रहरी प्रभागमा मास्क पनि वितरण गरे ।

कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’ मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो ।

चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए । सो अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, वडा ७ का अध्यक्ष अमरचन्द्र बोहरा, तेक्वान्दो खेलाडी पुष्पप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो ।