१ पुष २०८२, मंगलवार
,
Latest
नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा बिलबिजक नभएको सामानसहित पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगाैला पीडितलाई तेक्वान्दाेका निर्णायक अशोकले गरे सहयाेग



अ+ अ-

काठमाडौंः  नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म दिनमा मृगौला रोगी राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडागाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको पनि उपस्थिति थियो । कमजोर आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालय समेत पठाउन सकिरहेका छैनन् । उनीहरुको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने मेयर थापाले प्रतिबद्धता जनाएका छन् ।

बुधबारै अशोकले विभिन्न ४ प्रहरी प्रभागमा मास्क पनि वितरण गरे ।

कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’ मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो ।

चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए । सो अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, वडा ७ का अध्यक्ष अमरचन्द्र बोहरा, तेक्वान्दो खेलाडी पुष्पप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो ।