२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशालाई कास्य पदक



अ+ अ-

काठमाडौँ । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् ।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

मलेसियामा जुलाइ २४ देखि अगष्त १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।

उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए ।