२५ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’ सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’ सुदूरपश्चिमका ७९ पालिकाले बनाएका छैनन् : मानवअधिकार समन्वय समिति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशालाई कास्य पदक



अ+ अ-

काठमाडौँ । पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् ।

मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत महिला ५७ किलोमुनिको तौल समूहमा उज्वेकिस्तानकी जुरेवा कमोलालाई पराजित गरी कास्य पदक प्राप्त गरेकी प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए ।

मलेसियामा जुलाइ २४ देखि अगष्त १ तारिखसम्म भएको सो प्रतियोगितामा नेपालबाट पुरुष ५८ किलोमुनिको तौल समूहमा भरतसिंह महता र ६३ किलोमुनिको तौल समूहमा अमिर भ्लोन तथा महिला ४७ किलोमुनिको तौल समूहमा कामना प्रसाईं र रेणु तामाङले प्रतिस्पर्धा गरेका थिए ।

उक्त टोलीको व्यवस्थापकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रामचन्द्र श्रेष्ठ रहेका थिए ।