२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिलाई ब्यापारिकरण सङ्गै भ्रष्टिकरण तर्फ लगियो: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई ब्यापारिकरण सङ्गै भ्रष्टिकरण तर्फ लगिएको बताएका छन् ।

आज पार्टीको उपत्यका स्तरिय बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र बिचार असफल भएको र यसका थुप्रै उदारण भएको उनको दाबी थियो ।

यो ब्यबस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौ युबालाई बिदेश पलायन हुन बाध्य पारेको, मुलुकको हरेक क्षेत्रमा सिमित राजनितीक दल र नेताको सिन्डिकेट र कब्जा रहेको, धर्म परिबर्तनको डढेलोले धार्मिक सद्भाव बिगारेको समेत आरोप लगाए । यी घटनाक्रमले यो ब्यबस्थाबाट जनता बाक्क दिक्क भएको , काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रती तिब्र बितृष्णा रहेको भन्दै थापाले जनता बिकल्पको खोजिमा रहेको टिप्पणी गरे । हरेक जसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड घटिरहेको , बहालवाला मन्त्रीहरु नै हरेक काण्डमा संलग्न हुनुले यो ब्यबस्थाले देश र जनताको हित हुन नसक्ने थापाको टिप्पणी थियो । संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पुर्याउन मात्र भुमिका खेलेको , सत्ता र कुर्सिको फोहरी खेलमा प्रदेश रुमलियको , राजनीतिलाई स्वार्थ केन्द्रित बनाउदै ब्यापारिकरण तर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाको भनाई थियो । आगामी चुनाबमा काङ्ग्रेस कम्युनिस्टलाई भोट नहाल्ने मनस्थितिमा जनतामा पुगेको र अब कसलाई भोट हाल्ने बिकल्पको खोजिमा जनता रहेकोले राप्रपा नेपाललाई बिकल्प बनाउन संगठन केन्द्रित हुन उनको निर्देशन थियो ।

काङ्ग्रेस कम्युनिस्टको बाटोमा हिड्ने दल बिकल्प बन्न असम्भव हुने भएकोले बैचारिक बिकल्प दिने मार्गचित्र राप्रपा नेपालसङ्ग मात्र भएको र सो बमोजिम संगठन निर्माण अबको प्रमुख बिषय बन्नुपर्ने उनको भनाई थियो । राप्रपा नेपालले काङ्ग्रेस कम्युनिस्टको बिरोध मात्र नगरी बैचारिक बिकल्प दिराखेको ठापाको टिप्पणी थियो । बिस्तारित बैठकले क्षेत्रीय स्तरमा उपत्यकाब्यापी प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।




भर्खरै