९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा

पहिला बाध्यताको आहारा कोदो अहिले हुने खानेको रोजाइमा
अ अ+ अ-

गण्डकी । तीन दशक अघिसम्म पोखरा र आसपासका क्षेत्रमा भान्छामा कोदोको ढिँडो खाएर बाहिर हात चुठ्न आउँदा पनि कसैले देख्छन् कि भनेर सोच्नुपर्ने अवस्था थियो । त्यस समयमा कोदो समाजमा हेला गरिएको अन्नमा पर्दथ्यो । तर अहिले समय बदलिएको छ, होटल रेष्टुरेन्टमा मात्र हैन घरमा ढिँडो पकाएर खाने चलन बढेको छ ।

तीन दशककै अन्तरालमा कोदोप्रतिको धारणा एकाएक परिवर्तन भएको अगुवा कृषक रमेश आचार्य बताउनुुहुन्छ । पछिल्लो समयमा विशेषगरी पाखाबारीमा कोदो लगाउने क्रम बढेको भए पनि पर्याप्त जनशक्ति नहुँदा यसको खेती अपेक्षित विस्तार भने हुन नसकेको उहाँले जानकारी दिनुुभयो । अन्य अन्नभन्दा कोदोको खेती गर्न श्रम र लगानी बढी खर्च हुने भए पनि कृषकले यसको उचित मूल्य पाउन नसकेको आचार्यले बताउनुभयो ।

वर्षौंसम्म राख्दा पनि नबिग्रने कोदो विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने ‘प्रोटिन’को मात्रा अत्यधिक हुने कोदोका साथै कोदोजन्य बालीका रुपमा कागुनो, धानकोदो, जुनेलो, बाजरा, सामा र चिनुु रहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । कोदोजन्य बालीमा पर्ने यिनीहरूलाई कोदाका सात भाइ पनि भन्ने गरिएको छ । पछिल्लो समयमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै यो खेती गर्ने क्रम बर्सेनि घट्दै गएको छ ।

स्वास्थ्यका लागि बहुुपोषण एवं औषधीयजन्य गुण रहेको कोदोको माग बढ्दो रहे पनि त्यस अनुुसार उत्पादन भने हुन सकेको छैन । उहाँका अनुसार कृषिको राष्ट्रिय तथ्याङ्कअनुुसार धान, मकै, गहुँ पछि चौथो बढी उत्पादन हुने अन्नमा कोदो पर्दछ । पोखरामा भने यो धान र मकै पछि बढी उत्पादन हुन्छ ।

पोखरामा कुल तीन हजार ८१५ हेक्टर क्षेत्रफलमा कोदो लगाउने गरिएको जानकारी दिँदै प्रमुख कडरियाले यहाँको वार्षिक उत्पादन चार हजार ५०० टन रहेको बताउनुुभयो । “कोदो उत्पादनमा कृषकलाई आकर्षित गर्ने उद्देश्यका साथ पोखरा महानगरपालिकाले कोदोको प्रतिकिलो रु ९० न्यूनतम समर्थन मूल्य तोकेको छ”, उहाँले भन्नुुभयो ।

सरकारले यसै वर्षदेखि प्रत्येक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने घोषणा गरिसकेको छ । ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार’ नाराका साथ यस वर्ष देशभरि राष्ट्रिय कोदो दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रमुख कडरियाले पोखरा महानगरपालिकाले लिबर्ड र वडास्तरीय कृषि सञ्जालसँगको सहकार्यमा पोखरामा प्रथम राष्ट्रिय कोदो दिवस मनाउन लागेको जानकारी दिनुुभयो ।

राष्ट्रिय कोदो दिवसकै अवसरमा आजै कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा प्रथम कोदो रोपाइँ महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुुरुङले जानकारी दिनुुभयो । महोत्सवका अवसरमा कोदो रोपाइँ प्रतियोगितासहित विभिन्न कार्यक्रम गर्न लागिएको उल्लेख गर्दै उहाँले महोत्सवले कोदो खेतीको प्रवद्र्धनसँगै सर्वसाधारणलाई यसतर्फ आकर्षित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बताउनुुभयो ।

विशेषगरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदो खेती कम पानीमा पनि हुने, मकैलगायत अन्तरबालीका रुपमा पनि लगाउन सकिने र बाँदरजन्य समस्याबाट पनि कम क्षति हुने भएकाले यसको उत्पादनलाई महानगरपालिकाले जोड दिएको शाखाप्रमुख कडरियाको भनाइ छ ।

विशेषतः मधुमेहजस्ता रोगका बिरामीलाई पनि खान हुने भएकाले बजारमा कोदोको अत्यधिक माग हुने गरेको छ । मानिसका लागि अत्यावश्यक आइरन र अन्य भिटामिन कोदोमा पाइन्छ । विशेषतः आइरन चक्की खाने गर्भवतीका लागि कोदोको परिकार बहुउपयोगी मानिन्छ ।

कोदोबाट रोटी, ढिँडो, पुवाजस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ । कोदोखेतीको सम्भावनालाई उजागर गर्दै यसबाट स्थानीयवासीको आजआर्जन बढाउन कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोदोको उत्पादनमा जोड दिँदै यहाँका होटेल तथा रेष्टुरेन्टको मेनुुमा अनिवार्य कोदोको परिकार समावेश गर्ने योजना अघि बढाइसकेको छ ।

गाउँपालिकाले गर्दै आएको कोदो महोत्सवमा कोदोको सेलरोटी, सुक्खारोटी, मःमःलगायत २५ भन्दा बढी परिकार बनाएर खुवाउने गरिन्छ ।पोखरामहानगरपालिकासहित कास्कीका सबै पालिकाका साथै आसपासका स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीलगायतका जिल्ला कोदो उत्पादन बढ्दै गएपछि पछिल्ला वर्षमा उत्पादन भने घट्दो रहेको बताइएको छ । कोदो खेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् ।

विगतमा कास्की र आसपासमा दूधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता विभिन्न प्रजातिका पाउने गरिएकामा ती प्रजाति लोप हुँदै गएको कृषकहरू बताउँछन् । कोदो खेतीप्रतिको आकर्षण बढाउन सकेमा यो मानवीय स्वास्थ्यका बहुउपयोगी हुनाका साथै खाद्यान्न उत्पादनमा आत्मनिर्भरता बढाउने कडरिया बताउनुहुन्छ । रासस