१९ माघ २०८१, शनिबार
,
Latest
चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण रंगीन नेपाल, थरिथरीका संस्कृति र प्रकृति (फोटो फिचर) धरानको खानेपानी समस्या समाधान गर्न तमोरबाट पानी ल्याउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी सरावलमा २७ लाख लगानीमा बनेको हाटबजार प्रयोगविहीन जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग



अ+ अ-

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोनाविरुद्ध लडाइँका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् । उनले भारतसँगको खुला सिमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको सङ्क्रमण बढ्ने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकाले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन् ।

मुख्यमन्त्री राउतले लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिँदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसाङ्ख्यिक बनोट, मानव विकास सूचकाङ्क र सामाजिक विकासको अवस्थासमेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकाले सङ्घीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन्।
 
उनले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पिसिआर परीक्षण सञ्चालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षित परीक्षण गर्न नसकिएकाले सङ्घ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन् । यसका साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुनसक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।