काठमाडौं । २०२६ को आईसीसी महिला टी-२० विश्वकप छनोट प्रतियोगिता नेपालमा खेलाईने भएको छ ।
१२ जनवरीदेखि २ फेब्रुअरी २०२६ सम्म हुने प्रतियोगिता नेपालमा आयोजना हुने भएको हो ।
विश्वकपमा चार स्थानका लागि १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप जुन २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने तयारी छ ।
२०२४ को आईसीसी महिला टी-२० विश्वकपमा सहभागिता जनाएका बंगलादेश र आयरल्यान्डले स्वतः स्थान पक्का गरेका छन् । एसिया क्षेत्रीय मार्गबाट नेपाल र थाइल्यान्ड छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।
नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीहरुले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको खेल तालिका भने आउन बाँकि छ ।










