• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

आज शनिबार, शनिदेवकाे दर्शनसँगै पढाैं साप्ताहिक राशिफल



राशिफल (२०७७ जेठ १७ देखि २३ गतेसम्म)

मेष

यो साता भाग्योदय हुने योगछ । न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ । । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग हरियो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष

यो हप्ता आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । नयाँ कार्यको चर्चा चल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । साताको अन्त्यमा भने आफूलाई कमजोर भएको अनुभूतिहुनेछ साथै केहि कठिनाइको सामनापनि गर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मिथुन

यो साता विस्तारै मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् । पारिवारिक सद्भाव बढ्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ्ग कालो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट

यो साता नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ । पारिवारिक मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । महिला वा मित्रबाट विशेष लाभ मिल्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । यो साताका लागि शुभअङ्क ६,७ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह

यो साता श्रमको उचित मुल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या

यो साता महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । समय प्रतिकुल भई कुलतमा मन जानेछ । मुद्धा मामिलापनि लाग्न सक्छ । साताको अन्त्यमा अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथीको आगमन हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

तुला

यो सातामा नयाँ काममा हात हाल्ने समय छ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । इष्टमित्रहरूसंग मेलमिलाप हुनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेममा सफलतापनि पाईनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक

यो सातामा कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । टाढिएका मित्रसँग नजिकिने समय छ । प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । मध्य सातामा झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभअङ्क १,२ र शुभरङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु

यो साता शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक क्षेत्रको कार्य विस्तारै अघी बढ्नेछ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर

यो साता यात्रा नगरेकै जाती हुन्छ । मालसामान हराउन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यमा चुनौतीको सामना गर्नुपर्ला । मनमा दुविधापनि उत्पन्न हुनेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कुम्भ

यो साता धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम विस्तारै अघी बढ्नेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन

यो हप्ता सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । मध्य सातामा लामो समयदेखि रोकिएका अधूरा कार्य पूरा हुनेछ । प्रविधि मार्फत आफन्तसंग भेटघाट हुनेछ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग खरानी वा गुलावी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502

साभारः हाम्राेपात्राे डट कम