१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिंचाईको समस्या विकराल बनिरहेको छ । यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो ।

छलफलपछि उहाँले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरु सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । उक्त स्थानहरुको पहिचान गरी वैकल्पिक श्रोत र वैकल्पिक श्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरु पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिन निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘पहिलो कुरा खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्नुप¥यो । कतिपयको तपाईंहरुले पहिचान गरिसक्नुभएको छ होला । चापाकलहरु सुकेको, बोरिङहरु सुकेको, ट्युबेलहरु सुकेको कुरा, ड्युब ट्युबेलहरु सुकेको कुरा पनि आइसकेको छ । नदीहरु सुकेको कुरा पनि राख्नुभएको छ । खानेपानी र सिंचाईको समस्या भएको ठाउँको पहिचान गर्नुप¥यो ।

अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ । वैकल्पिक श्रोत र वैकल्पिक श्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ । प्रमुख जिल्ला अधिकारीहरुले यसको व्यवस्था मिलाउनु होला । हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ । कुनकुन ठाउँमा गर्ने त्यो ठाउँको पहिचान गर्नुपर्छ । आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्छ । छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिनुहोला ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार महोत्तरीको एक कार्यक्रममा ५ सय वटा डिप बोरिङ गरेर मधेस प्रदेशमा पानीको समस्या तत्कालका लागि समाधान गर्ने घोषणा गर्नुभएको थियो ।