१ भाद्र २०८३, सोमबार
,
Latest
विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा पूर्वाधार विकास मन्त्री लम्सालको स्वास्थ्यमा सुधार, चिकित्सकद्वारा पाँच दिन आराम गर्न सुझाव भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै काभ्रेपलाञ्चोकमा जिप दुई दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै जगमा वर्तमान खडा हुन्छः राष्ट्रपति



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासकै जगमा वर्तमान खडा हुने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमानको जगमा भविष्यको आधारशिला तय हुने बताउनु भयो ।

उहाँले वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै नेपाल बनेको बताउनु भयो । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ भएको बताउनु भयो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै  मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको बताउनु भयो । थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘इतिहासकै जगमा वर्तमान खडा हुन्छ । वर्तमानको जगमा भविष्यको आधारशिला तय हुन्छ । वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै हाम्रो देश बनेको हो । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै  मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको थियो । उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो ।’

राष्ट्रपति पौडेलले सुगौली सन्धीले नै आजको नेपालको अस्तित्व राखेको बताउनु भयो ।