६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासकै जगमा वर्तमान खडा हुन्छः राष्ट्रपति



photo: rss
अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इतिहासकै जगमा वर्तमान खडा हुने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमानको जगमा भविष्यको आधारशिला तय हुने बताउनु भयो ।

उहाँले वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै नेपाल बनेको बताउनु भयो । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ भएको बताउनु भयो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै  मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको बताउनु भयो । थापाको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको बताउनु भयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘इतिहासकै जगमा वर्तमान खडा हुन्छ । वर्तमानको जगमा भविष्यको आधारशिला तय हुन्छ । वीर पुर्खाहरुको त्याग, बलिदान, बुद्धिमतापूर्ण कार्यबाट नै हाम्रो देश बनेको हो । नेपालको सार्वभौम सत्ता,राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको बलिदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटीका राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँले दक्षिण एशियामा प्रभाव जमाउँदै आएको औपनिवेशिक साम्राज्य शक्तिलाई परास्त गर्दै  मुलुकलाई पराधिन हुनबाट जोगाउनुभएको थियो । उहाँको राष्ट्रप्रतिको प्रेम, प्रशासनिक क्षमता र राजनीतिक दूरदर्शिताको कारणले नै मुलुक स्वतन्त्र र अटल रुपमा रहन सकेको हो ।’

राष्ट्रपति पौडेलले सुगौली सन्धीले नै आजको नेपालको अस्तित्व राखेको बताउनु भयो ।