काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।
बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ ।
साथै भूमि विधेयक, निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडी लगायत विषयमा छलफल हुनेछ ।










