१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिवादी प्रवृत्तिले काँग्रेसप्रति जनविश्वास घट्योः सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले सरकार र निजी क्षेत्र नसुध्रिएसम्म मुलुकमा आर्थिक उत्पादन र रोजगारी सिर्जना गर्न नसकिने टिप्पणी गर्नुभएको छ ।

बिहीवार काठमाडौं आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा आर्थिक वृद्धि गरी रोजगारी सिर्जना गर्न सरकार र निजी क्षेत्र दुवै सुध्रिनु आवश्यक रहेको बताउनुभएको हो । राजनीतिमा व्यक्तिवाद हाबी हुँदा जनताका समस्याहरु बढ्दै गएको उहाँको बुझाई छ । एकअर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने तर आफूले गरेका कामहरुबारे नबोल्ने प्रवृत्तिका कारण काँग्रेसप्रति जनविश्वास घट्दै गएको पनि बताउनु भयो । उहाँले राजनीतिक विश्वसनीयता जनताप्रति गरेका प्रतिबद्धता पूरा गरेर मात्र कायम सकिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले जति आर्थिक उत्पादन र  रोजगारी सिर्जना हुनुपर्ने हो त्यो भएको छैन । सरकार पनि सुध्रिनु प¥यो, निजी क्षेत्र पनि सुध्रिनुप¥यो । अब हामीले सत्य कुरा बोल्नुप¥यो । राजनीतिक क्षेत्रमा जो आएपनि महान भन्ने कुराले समस्या भइरहेको छ । जनताले भनेको र आफूले प्रतिवद्धता गरेको कुराहरु पूरा गर्नुप¥यो । अनि मात्र हाम्रो विश्वसनीयता पनि बढ्छ । अहिले हाम्रो राजनीतिक पार्टीमाथि पनि केही गरेन भनेर आरोप लाग्ने गरेको छ । गर्न त यति गरेको भनेर साध्य छैन । तर हामी व्यक्तिवादी भयौं । एकअर्कालाई समाप्त पार्नको लागि सामाजिक सञ्जालमा सक्रिय हुने आफूले गरेको कुरा भन्दै नभन्ने बरु अरुका कुराहरु टिपेर आफ्नै मान्छेलाई आक्रमण गर्ने यो प्रवृत्ति हामीले छोड्नुपर्छ ।’

उहाँले काँग्रेसले मुलुकको विकासको लागि धेरै कामहरु गरेको भएपनि व्यक्तिवादमा अल्झिँदा समस्या भएको बताउनु भयो ।